0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा सृजना चौतारीको अध्यक्षमा  कलाधर वास्तोला निर्वाचित भएका छन् । लायन वर्ष २०१७÷१८ को लागि भएको साधारणसभाले बाँस्तोलाको नेतृत्वमा २३ सदस्यीय कार्य समिति पनि चयन गरेको छ । क्लवको उपाध्यक्षहरुमा क्रमशः  जितवहादुर थापा गोपाल, जीवन गोर्खाली र राजु बराल रहेका छन् भने सचिवमा विष्णु गौतम, सहचिवमा अरुण थापा चयन भएका छन्।  क्लवको टेलट्वीस्टरमा कौशिला गुरुङ्ग, पीआरओमा डिवी गुरुङ्ग, मेम्वशिप चेयस पर्सनमा ईन्द्र पौडेल र डाईरेक्टरहरुमा दान वहादुर गुरुङ्ग, शोभाखर पौडेल, लक्ष्मी गुरुङ्ग, पीताम्वर पौडेल, राजकुमार भण्डारी, वुद्धि वहादुर पूर्जा, हरिराज सिग्देल, गुणाखर सापकोटा, दिपक तिमिल्सेना, उमापती ढकाल, श्याममाया गुरुङ्ग, शुष्मा गुरुङ्ग, जनक कार्की र जनक पराजुली रहेका छन् । संस्थापक अध्यक्ष वालकृष्ण बराल संयोजक, विष्णु प्रसाद तिमिल्सेना र विना गुरुङ्ग सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन सम्पन्न गरेको हो ।  साधारणसभाको उद्घाटन गर्दै  रिजन चियर पर्सन वालकृष्ण वरालले लायनहरु व्यवसायिक प्रर्वद्धन भन्दा पनि सेवामुखी भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कम आर्थिक अवस्थाका व्यक्तिलाई पनि सहयोग गरेर समान हैसियतमा राख्न आग्रह गरे । 
क्लवका निवर्तमान अध्यक्ष विना गुरुङ्गले क्लवका सदस्यहरु लायनहरु एक आपसमा मिलेर अघि बढेमा सबैको हित हुने भन्दै लायनहरु सवै मिलेर कमजोरहरुलाई सहयोग गरेमा सबैको हित हुन्छ र संस्थाको पनि विकास हुने बताइन ।  नवनिर्वाचित अध्यक्ष कलाधर वास्तोलाले आगामी कार्यकालमा लायन्सको एक सयौं वर्ष भएकाले पनि सेवामूलक कार्य गरेर क्लवलाई यो क्षेत्रको एक नं. क्लव बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले सदस्यता विस्तारका साथै सवैलाई एक बनाएर अघि बढाउने बताए ।








Post a Comment

 
Top