0
गोल्डेन न्यूज संवाददाता
आगामी पाँच वर्षभित्र नेपाललाई धुवाँमुक्त बनाईने भएको छ । धुँवामुक्त बनाउने लक्ष्यका साथ सरकारले नेपाल जैविक ऊर्जा रणनीति समेत कार्यान्वयनमा ल्याइसकेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले परम्परागत तरिकाले प्रयोग हुँदै आएका दाउरा, गुइँठा जस्ता ऊर्जालाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकासका लागि अख्तयारी प्रदान गरिएको छ । लक्षित उद्देश्य पूरा गर्न कृषिजन्य अवशेष तथा जैविक फोहरलाई उपयोग गरी दिगो जैविक ऊर्जाको उत्पादनमा वृद्धि गर्ने, आधुनिक जैविक ऊर्जाका माध्यमबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाको खाना पकाउने प्रविधि पु¥याउने रणनीति अपनाउने उल्लेख छ ।  रणनीतिले सन् २०२२ सम्म देशका सम्पूर्ण घरधुरीमा कम्तिमा जैविक ऊर्जाबाट स्वच्छ खाना पकाउने प्रविधिको थप प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने नीति लिएको छ । सन् २०३० सम्म दाउरा, गुइँठाजस्ता ठोस जैविक इन्धन प्रयोग गर्ने सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने नीतिसमेत लिएको छ । हालसम्म नवीकरणीय ऊर्जाको केन्द्रीय निकाय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत लघु तथा साना जलविद्युत्बाट देशका ग्रामीण क्षेत्रमा झन्डै २९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।  यसका अतिरिक्त १३ लाखभन्दा बढी सुधारिएको चुलो, तीन लाख ८० हजारभन्दा बढी बायोग्यास प्लान्ट, छ लाख ५० हजारभन्दा बढी सौर्य ऊर्जा प्रणाली जडान भइसकेको छ । नेपालमा रहेका ५४ लाख घरपरिवार मध्ये ४० लाख घरपरिवारमा अझै खाना पकाउने इन्धनका रूपमा दाउरा लगायतका परम्परागत जैविक ऊर्जाको प्रयोग हँुदै आएको छ ।






Post a Comment

 
Top