0
गोल्डेन न्यूज संवाददाता
स्थानीय निकायको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न वडाहरुमा भेला गरेको छ। काँग्रेसले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ र १६ मा छुट्टाछुट्टै भेला गरेको छ । भेलामा नवप्रवेशीलाई स्वागत गर्नुको साथै पार्टीको भातृ संस्था गठन गरिएको छ। वडा नं १६ बाटुलेचौरमा सम्पन्न भेलाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि स्थानीय निकायमा काँग्रेसको नेतृत्व हुनुपर्नेमा जोड दिएको छ । नेपाली काँग्रेस साविक पोखरा उपमहानगर पालिका वडा नं १६ र २८ को संयुक्त भेलामा सहभागी वक्ताहरुले सिंहदरबारको शक्ति विकेन्द्रीकरण गरिएपछि त्यसको नेतृत्व काँग्रेसले लिनुपर्नेमा जोड दिएका छन् । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कास्की सभापति कृष्ण के.सी.ले प्रजातान्त्रिक समाजवादका अगाडि साम्यवादी दर्शन कमजोर रहेको बताए।
उनले संविधानको कार्यान्वय र त्यसबाट स्थापित भएको अधिकार र शक्तिको प्रयोगमा काँग्रेसको नेतृत्वदायी भूमिका हुनुपर्ने जिकिर गरे । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले संविधानमा प्रदत अधिकारलाई व्यवस्थित गर्न स्थानीय तहको निर्वाचन हुन लागेको बताउँदै त्यसको अगुवाई गर्न नेपाली काँग्रेसमात्र सक्षम रहेको बताए ।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य गोविन्दबहादुर थापा सहित दर्जन भन्दा बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। त्यसक्रममा नवप्रवेशीहरु राधा नेपाली, भुक्तबहादुर थापा, सूर्यबहादुर थापा, राजकुमार परियार, प्रदिप गायक, निरन्जन कार्की, मदनजंग राणा, राजेश गुरुङ लगायतका युवाहरुलाई कास्की काँग्रेसका सभापति के.सी.ले स्वागत गरेका थिए। नव प्रवेशीहरु को नेतृत्व गर्दै थापाले आफू विगतमा नेकपा माओवादी केन्द्रको विभिन्न तहमा रहेर काम गरेको भए पनि नेपाली काँग्रेसको भूमिका र अडानप्रति प्रभावित भई माओवादी त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेको उल्लेख गरे।

नेपाली काँग्रेस वडा इकाइ सभापति होमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधिद्वय बाबुराम आचार्य र पद्मसिंह गुरुङ, नेपाली काँग्रेसका कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति माधव बाँस्तोला, नेपाली काँग्रेसका नगर सभापति बजिरमान श्रेष्ठ लगायतका वक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचनमा छनौट हुने उम्मेदवार केन्द्रीय समितिको मापदण्ड अनुसार चयन गर्न आग्रह गरेका थिए । यसैगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ को इलाका नं ५ को भेलाले नेपाल तरुण दल, भूपू सैनिक संघ र नेपाल महिला संघको इलाका गठन गरेको छ। भेलाले प्रशान्त गुरुङ अध्यक्ष, सचिन गुरुङ उपाध्यक्ष, सरोज अधिकारी सचिव, शुशिला पुन कोषाध्यक्ष, निशा पुन, हेम गुरुङ, रोहन आले, रोहित थापा, राजेश परियार, कृष्ण परियार, र देविन गुरुङ सदस्य रहेको तरुण दल गठन गरेको छ। साथै, चन्द्रा गुरुङ अध्यक्ष, सीता बराल उपाध्यक्ष, दुर्गा राना सचिव, रेखा गुरुङ सहसचिव, लेककुमारी गुरुङ कोषाध्यक्ष, चाँदनी परियार, शर्मिला श्रेष्ठ, डिमाया गुरुङ, इन्दु आले सदस्य रहेको महिला संघ गठन गरेको छ। त्यस्तै, क्या राजेन्द्र गुरुङको संयोजकत्वमा नेपाल भूपू सैनिक संघ गठन गरेको छ। जसको सदस्यमा जयबहादुर केसी, धमबहादुर गुरुङ, भिमबहादुर पुर्जा, सुवेदार केवी थापा, उमबहादुर गुरुङ छन्।  भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसी, क्षेत्र नं २ कास्कीका सभापति माधव बाँस्तोला ‘मधु’, नगर सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ऋषि काफ्ले, खेमकुमारी बराल, जिल्ला सदस्य मिनबहादुर गिरी, क्षेत्रीय सचिव वर्षाकेशव पराजुली, नगर महिला सभापति माया बराल, जिल्ला सदस्य अम्बिका पराजुली, इकाइ सभापति टोपबहादुर थापा, संस्थापक नेता तारानाथ गौतम ‘पाखे’, इकाइ उपसभापति अर्जुनकुमार विक, पूर्व इकाइ सभापति सुशिलराज पराजुली, तरुण दल इकाइ सभापति राजेन्द्र पराजुली, वीपी चिन्तन प्रतिष्ठानका इकाइ सभापति डम्बरबहादुर बाँनिया, किसान संघका इकाइ सभापति गोविन्द गिरी, महिला संघका इकाइ सभापति विष्णुदेवी आचार्य, जनजाति संघका इकाइ सभापति यमप्रसाद श्रेष्ठ, क्याप्टेन राजेन्द्र गुरुङ, चन्द्र गुरुङ, जयबहादुर केसीले बोलेका थिए।

नेपाली काँग्रेस इलाका नं ५ का संयोजक क्याप्टेन लेसबहादुर थापाको अध्यक्षतामा भएको भेलामा उपसभापति सुवेदार भिमबहादुर थापाले स्वागत, किसान संघ क्षेत्र नं. २ का सभापति चिरञ्जीवि बरालले धन्यवाद ज्ञापन र सचिव राजु आलेले सञ्चालन गरेका थिए। यसैबीच नेपाली काँग्रेस साविकको ढिकुरपोखरी गाविसमा बुधबार बृहत भेला सम्पन्न भएको छ । स्थानीयबासीको जनचाहनालाई मध्यनजर गर्दै भेलाले पोखरा लेखनाथ महानगरपालिकामा समावेश गर्न आगामी दिनमा पनि नेतृत्वले पहलकदमी गर्दै जनताको भावनालाई सम्मान गर्नुपर्ने र हाल अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेको ढिकुरपोखरी गाविसका तीनवटै वडामा नेपाली काँग्रेसलाई विजयी गराउन सके उक्त प्रयास सफल हुने नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले बताए । भेलामा नेका कास्की जिल्ला सभापति कृष्ण के.सी., क्षेत्रीय सभापति पोषनाथ शर्मा, तरुणदल कास्की अध्यक्ष मनोज गुरुङ्ग, जिल्ला सदस्य सिकन्दर कुमार गुरुङ्ग, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, तरुण दलका पूर्व केन्द्रीय सदस्य भरतजंग कुँवर, इकाई सभापति मनपति भण्डारी, उपाध्यक्ष भरत अधिकारी लगायतले अन्नपूर्ण गाउँपालिका नेपालकै महत्वपूर्ण पर्यटकीय गाउँपालिका भएको र नेपाली काँग्रेसको मजवुत संगठनको आधार रहेकोले विजयी सुनिश्चित हुने र यसका लागि सम्पूर्ण कार्यकर्ता एक भएर लाग्न आग्रह गरेका थिए ।






Post a Comment

 
Top