0
गोल्डेन न्यूज संवाददाता
पोखरा स्थित विन्ध्यवासिनीमा रहेको एबी केयर एन्ड रिहाबिलिटेसन हस्पिटलले समयको माग अनुसार सेवा विस्तार गर्ने भएको छ । विगत १० वर्षदेखि फिजियोथेरापी तथा अकुपेसनल थेरापी उपचार सेवा संचालन गर्दै आएको हस्पिटलले आगामी एक साता भित्रमा ईमर्जेन्सी सहितको सघनकक्ष (आईसियू) सेवा संचालनमा ल्याउने भएको सोमबार हस्पिटलमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । चौविसै घण्टा सेवा दिने उद्देश्यले ईमर्जेन्सी सहितको सघनकक्ष समेत संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हस्पिटलका अध्यक्ष डाक्टर अनीलबाबु पराजुलीले बताए । हाल १५ शैया संचालनमा रहेको हस्पिटलमा आगामी आर्थिक बर्षमा ५० शैया पु¥याउने लक्ष्य राखिएको उनले बताए । हस्पिटलका निर्देशक ऋषि खतिवडाले हस्पिटलमा थप नयाँ सेवा विस्तार भएसंगै हस्पिटलमा करिब २५ करोड लगानी भएको जनाए ।  हस्पिटलमा हाल १७ चिकित्सक सहित ५० जना कर्मचारी रहेको हस्पिटलले जनाएको छ । एबी कियेर अन्तर्राष्ट्रिय स्तरीको हस्पिटलमा परिणत हुने अन्तिम चरणमा रहेको डा. पराजुलीले दाबी गरे ।  एबी केयरका मेडिकल डाइरेक्टर डाक्टर रविमोहन ढकालले एबी केयरमा अमेरिकाका डाक्टरहरुको आर्थिक र प्राविधिक ज्ञानको समेत लगानी भएको जनाए । अस्पतालमा सबै प्रकारको सर्जरी, हाडजोर्नी, नसा, पेट, मुटु, छाति, मधुमेह, थाइराइड, क्यान्सर, मृगौला तथा पिसाब, आन्द्रा, कलेजो, प्यारालाइसिस, नशा तथा मानसिक रोग लगायतका सेवा संचालन हुदैछ ।  गत माघदेखि सिर्जनाचोकको बार्बरा अर्थोपेडिक सेन्टर पनि एबी केयरसँग जोडिएको अध्यक्ष डाक्टर अनीलबाबु पराजुलीले बताए । पराजुलीका अनुसार अमेरिकाका ४ जना फिजिसियनले पालो मिलाएर एक वर्षभरी नै सेवा दिने छन । अमेरिकाबाट समय समयमा सर्जनहरु आउने डाक्टर ढकालले जनाए। आफुहरुले गुणस्तरिय र छिटो छरितो ढंगले सेवा अत्याधुनिक प्रविधिमा आधारित सेवा दिन तत्पर भएको उनले जनाए ।



Post a Comment

 
Top