0
गोल्डेन न्यूज संवाददाता
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन वेगनास तालबस इकाईको १३औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा पुष्पराज पाण्डे, उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा सूर्यनाथ बाँस्तोला, सहसचिवमा भीम परियार र कोषाध्यक्षमा सन्तोष केसी चयन भएका छन् । अधिवेशनबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रतिनिधीमा लेखनाथ भट्टराई, सल्लाहकारहरुमा रञ्जन तिमिल्सिना र धु्रव थापा चयन भएका छन् । इकाई सदस्यहरुमा किसान परियार, मिलन परियार, लक्ष्मण बानियाँ, विष्णु थापा र कमल श्रेष्ठ निर्वाचित भएका छन्। यातायात मजदुर संगठनका केन्द्रीय कमिटीका सचिव कर्ण सिं गुरुङले उद्घाटन गरेको समारोहमा ट्राफिक प्रहरी नायव निरिक्षक जीतजंग कार्की, यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसी, सचिव कमलप्रसाद पौडेल, यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महिला कमिटी सदस्य शर्मिला देवकोटा, वेगनासताल बस संचालक समितिका अध्यक्ष खेमबहादुर गुरुङ लगायतले आ–आफ्ना भनाइ राखेका थिए । यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थानीय मिनीबस इकाईको चौथो अधिवेशनबाट रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा चिरञ्जिवी बास्तोला, सचिवमा सोमबहादुर आले, सह–सचिवमा बलबहादुर पुन र कोषाध्यक्षमा तोलमान गुरुङ रहेका छन् ।  जिफन्ट प्रतिनिधिमा हरि बास्तोला रहेका छन् ।  सल्लाहकारमा राजन गुरुङ र तेजनारायण पराजुली रहेका छन् । इकाई सदस्यहरुमा रामबहादुर गुरुङ, प्रसाद थापामगर, कुमार गुरुङ, इश्वर बतास चयन भएका छन् । यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अञ्चल सल्लाहकार इन्द्रबहादुर गुरुङले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा यातायात व्यवसायी तेजनारायण सुवेदी, स्थानीय मिनीबस व्यवसायी कार्यालयका प्रमुख बिशेश्वर ढकाल, यातायात स्वतन्त्र मजदुर संगठनका अञ्चल सदस्य हरि कार्की लगायतले बोलेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पावर टेलर ट्रयाक्टर इकाईको सातांै अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा भूमी राई, उपाध्यक्षमा प्रेमनाथ धरेल, सचिवमा दिपक श्रेष्ठ, सह–सचिवमा दिपेन्द्र बोहोरा, र कोषाध्यक्षमा सोमनाथ नेपाली चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा हरिकृष्ण श्रेष्ठ र सल्लाहकारहरुमा आइत बहादुर कुमाल, जीतबहादुर मिजार र रापे नेपाली रहेका छन् ।  इकाई कमिटीको सदस्यहरुमा सुशिल बुढामगर, शुकदेव माझी, जेवी सुनार, राजु थापा, टिकाराम नेपाली, विकास विक, नरबहादुर नेपाली रहेका छन् । जिफन्ट प्रदेश संगठन कमिटीका आर्थिक संयोजक रुद्रबहादुर खत्रीले उद्घाटन गरेको समारोहमा संगठनका केन्द्रीय सचिव कर्णसिह गुरुङ, अञ्चल अध्यक्ष विष्णुबहादुर केसी, सहसचिव हरिराम धिताल, प्रेमनाथ धरेल, दिपक श्रेष्ठ लगायतले बोलेका थिए ।


Post a Comment

 
Top