0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र कास्कीले स्थानीयतहको परिर्वतित संरचना अनुसार पार्टी संगठन निर्माण सुरु गरेको छ । जिल्लामा १ महानगरपालिका तथा ४ गाउँपालिका रहने व्यवस्था भएबमोजिम माओवादीले सोही अनुसार पार्टी संरचना बनाउन सुरु गरेको हो । अन्नपूर्ण गाउँपालिकामा सोमवार भएको भेलाले धर्मवहादुर तमुको संयोजकत्वमा ५१ सदस्यिय नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका सम्मेलन आयोजक समिति गठन भएको छ । समितिको सचिवमा गोविन्द पौडेल रहेका छन् । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक तथा पार्टी पोलिटव्युरो सदस्य राजकाजी गुरुङ (करण) को प्रमुख आतिथ्यतामा भएको भेलामा माओवादी आन्दोलनको उपलव्धिस्वरुप राजतन्त्रको अन्त्य र अहिलेको स्थानीयतहको निर्माणले शासन प्रणालीमा परिर्वतन भएको भनाई नेता गुरुङको छ। केन्द्रिकृत र सामन्ती राज्य व्यवस्थाको विरुद्ध लडेर माओवादीले शासन प्रणालीमा परिर्वतन गरेको र सिँहदरवारको अधिकार जनताको घर आँगनमा ल्याउन सफल भएको भनाई नेता करणको छ । पार्टीका जिल्ला सहईञ्चार्ज रामजी बराल (जीवन) ले सम्पूर्ण पार्टी कमिटीलाई निर्वाचनमा होमिन आग्रह गरे । विगतदेखिनै माओवादीले उठाउँदै आएको एजेण्डाहरुको जित हुँदै गएको र देशको विकास र समृद्धिका लागि पनि आगामी निर्वाचनमा माओवादीले जित्नुपर्ने भनाई वरालको छ । कार्यक्रममा पार्टी नेता विष्णु केसीले स्वागत मन्तव्य राखेका थिए ।  नवगठित सम्मेलन आयोजक समितिको वैठकले चुनावमा केन्द्रित हुने निर्णय समेत गरेको छ । वैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन जनताको घरदैलोमा पुग्ने र चैतको दोस्रो हप्तासम्ममा गाउँपालिका अन्तर्गतको वडाहरुको सम्मेलन र गाउँपालिकाको अधिवेशन गर्ने निर्णय समेत गरिएको छ ।






Post a Comment

 
Top