0
गोल्डेन न्यूज संवाददाता
पोखराको मालेपाटनमा रहेको वाराही माविमा २ लाख १ हजार १११ रुपैयाँको अक्षयकोषको स्थापना भएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक हेरम्बप्रसाद कोइरालाले आफ्नो जन्मदिनको अवसर पारि हेरम्वप्रसाद कोइराला छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । अक्षयकोष रकम उनले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच समारोहका विच विद्यालयलाई हस्तान्तरण गरे । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिब तथा जेहन्दार १÷१ छात्र÷छात्रालाई प्रदान गरिने बताइएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा जीवन बिताएका कोइराला राष्ट्रिय स्काउटका पूर्व सचिव समेत हुन् । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् । अक्षयकोषदाता कोइराला २०४७ देखि २०५७ साल सम्म बाराही माविमो प्रधानाध्यापक रहेर सेवा गरेका थिए । अक्षयकोष हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद कोइराला, शिक्षक, व्यवस्थापन सामितिका पदाधिकारी एवं सदस्यहरु, अभिभावक संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले गरेका थिए ।

Post a Comment

 
Top