0
गोल्डेन न्यूज संवाददाता
पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र नेपाल एवं राजसंस्था सहित लोकतन्त्र राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हटाउने संविधानको भावना विपरित निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपा कास्कीले प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले आयोगको निर्णय नसच्चिए नेपाली राष्ट्रवादी, देशभक्ति धर्मावलम्बी जनताले प्रमुख आयुक्तलाई चिडिया खानामा राख्ने चेतावनी दिए । उनले नेपाललाई सनानत हिन्दूराष्ट्र बनाएर छाड्ने भन्दै उक्त निर्णय चैत १३ गतेभित्रमा नसच्चिए कडा आन्दोलन गर्ने समेत चेतावनी समेत दिए । ९४ प्रतिशत ओमकार भएको देशलाई हिन्दू राष्ट्र नबनाउन दलालहरुको ठूलो चलखेल रहेको भन्दै उनले राष्ट्रिय प्रतिकको रुपमा राजसंस्था र नेपाल सनातन हिन्दूराष्ट्र कायम गर्न राप्रपा कास्की लगायत सम्पूर्ण देशभक्त एक भई अघि बढ्न आग्रह गरे ।
 ¥याली सहित नयाँबजारबाट शुरु भएको विशाल विरोध जुलुस निर्वाचन आयोगको क्षेत्रीय कार्यालय पोखरामा पुगी विरोध सभासहित ज्ञापन पत्र पेश गरिएको थियो । कार्यक्रममा पूर्व प्रदेश नं.४ संयोजक रमेशबहादुर भट्टराई, जिल्ला उपाध्यक्षहरु वरुणबिक्रम राणा, विष्णु पोखरेल, अर्जुन बहादुर बस्नेत, क्षेत्रीय अध्यक्षहरु असिल कुमार शाही, गीता गुरुङ्ग, नगर अध्यक्षहरु रमेशबहादुर खत्री, कृष्णराज रेग्मी, जिल्ला सचिव हरि बराल, सहसचिव धनुमाया कोइराला, इश्वरी बैरागी, विष्णु कार्की, तिर्थ सुवेदी, नेत्र बहादुर बस्नेत, भीमराज भण्डारी, युवक संगठनका हिकमतजंग कार्की, राष्ट्रिय युवा मोर्चाका समशेर गुरुङ्ग, मिलन केसी, हरिदेवी अधिकारी, विष्णु पौडेल, नरकाजी गुरुङ्ग शिव लगायतले आयोगको उक्त निर्णय नसच्चिएसम्म राप्रपाले अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।




Post a Comment

 
Top