0
गोल्डेन न्यूज संवाददाता
गत फागुन महिनामा मात्रै कास्कीमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन । कास्कीमा फागुन महिनामा २४ वटा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु  भएको हो । दुर्घनामा परि १७ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटना हुनुको कारणमा चालकको लापर्वाहीबाट ११ दुर्घटना र तीब्र गतिको कारणबाट १२ वटा दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले फागुन महिनामा सवारी नियम उल्लंघन गर्ने ४१ सय ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही संगै २९ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । बढि स्पिडमा सवारी साधन चलाउने, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ६ सय २१ वटा सवारी साधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । अञ्चल प्रहरी कार्यालयका कार्यालय प्रमुख बिष्णुहरि गौतमकोे निर्देशनमा सवारी साधनको स्वरुप परिवर्तन गरी ठूलो आवाजमा आतंक मच्चाउने गरी चलाउने  ६४ वटा सवारी साधन नियन्त्रणमा लिई आबश्यक कारवाही गरिएको र प्रत्येक दिन बिहान र बेलुका गरी ४० जना विभिन्न ब्यस्त चोकहरुमा ट्राफिक स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्युनिकरण गर्नका लागि फागुन महिनामा २ सय २७ जना चालकहरुलाई प्रशिक्षण गरिएको, १ सय ७८ जना विद्यार्थीहरु र ५५ जना सर्व साधारणलाई ट्राफिक प्रशिक्षण दिईएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने २२७ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top