0
नारायणस्थान धार्मिक क्षेत्र विकास समिति पोखरा–३ नारायणस्थानको तेस्रो साधारणसभा सोमवार सम्पन्न भएको छ।  कार्यक्रममा प्रमुख अतिथि नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका प्रमुख संरक्षक श्री १००८ स्वामी डा.रामानन्द गिरिजी महाराजले कार्यक्रमको उद्घाटन गर्दै व्यक्तिमा गएका नारायण गुठीका ५० रोपनी जग्गा पुनः नारायण गुठीमै ल्याउने अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्णयको स्वागत गर्दै यस अवस्था प्राप्तिका लागि समितिले गरेको कार्यको सह्राना गरे । उनले नारायणस्थान गुठीका जग्गाहरुको सही सदुपयोग हुनुपर्नेमा जोड दिए। कार्यक्रममा संस्थाका पिठाधीश सद्गुरुदेव महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदास महाराजले समितिले गरेका कामको प्रशंसा गर्दै गुरुयोजना बनाएर संस्थाले आप्mनो गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए। साथै नारायणस्थान नियमित रुपमा संचालित महायोग साधनामा सहभागी हुन सबैमा आग्रह गरे । उक्त अवसरमा संस्थाका सचिव राधेश्याम उदास, कोषाध्यक्ष माधवप्रसाद बाँस्तोलाले क्रमशः प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदनलाई सभाले छलफल सहित पारित गरेको थियो । उक्त अवसरमा जगद्गुरु रामानन्दाचार्य सेवापीठका केन्द्रीय उपाध्यक्ष गोविन्दबहादुर तिवारी, संस्थाका सल्लाहकार शुक्रराज शर्मा, वरिष्ठ उपाध्यक्ष रामजन के.सी., सल्लाहकार रामचन्द्र पौडेल लगायतले संस्थाले गर्नुपर्ने कार्यक्रमबारे प्रकाश पारे । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष महेश पराजुलीले आजसम्म संस्थाले गरेका गतिविधिहरु माथि प्रकाश पार्दै आगामी कार्ययोजनाहरुको जानकारी गराएका थिए। कार्यक्रमको संचालन सल्लाहकार रामचन्द्र पौडेलले गरेका थिए ।

Post a Comment

 
Top