0
गोल्डेन न्यूज संवाददाता
क्रान्तिकारी पत्रकार संगठन, कास्कीले क्रान्तिकारी पत्रकारिता पुरस्कार स्थापना गरेको छ । देशभरका विभिन्न स्थानमा रहेर जनपक्षीय पत्रकारिता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधव पनेरुले जानकारी दिए ।  संगठनको जिल्ला समितिको बैठकले २५ हजार ५ सय ५५ रुपैयाँ तथा ताम्रपत्र सहितको पुरस्कार राशि भएको पत्रकारिता पुरस्कार स्थापना गर्ने र्निणय गरेको थियो ।  विभिन्न समयमा नेपालमा भएका परितर्वनको पक्षका आन्दोलनहरुमा ज्यान गुमाएका शहिद पत्रकारहरुको स्मरणमा जनताको घरदैलोमा पुगेर चेतना फैलाउने र परिवर्तनको पक्षमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहन तथा सम्मानका लागि पुरस्कार स्थापना गरिएको संगठनले जनाएको छ ।
कम्तिमा १० बर्ष पत्रकारिता गरेको पत्रकारले यो पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार बर्षको एक पटक बिशेष समारोहको आयोजना गरी प्रदान गरिनेछ । पुरस्कार वितरण तथा ब्यवस्थापन नियमावली निर्माणका लागि पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा कास्की जिल्ला अध्यक्ष माधब पनेरु र सचिव फणिन्द्र अधिकारी सदस्य रहेको नियमावली निर्माण समितिले दिएको पुरस्कार वितरण सम्वन्धी निर्देशिका पनि तयार भएको संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए । अब छिट्टे पुरस्कार वितरणका लागि प्रतिभा छनौट समिति गठन गरिने संगठनले जनाएको छ ।  पुरस्कार वितरणको लागि राजेन्द्र अधिकारीको संयोजकत्वमा पुरस्कार अक्षयकोष निर्माण समिति बनाइएको छ । समितिले पुरस्कारका सहयोग गर्न अपिल गरेको संयोजक अधिकारीले बताए ।





Post a Comment

 
Top