0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिका वडा नं.२२ पुम्दी–भुम्दीमा ११ सदस्यीय ज्येष्ठ नागरिक सहयोगी समूह गठन भएको छ । अन्तरपुस्ता बीचको फरक न्युनिकरणका लागि सहयोगी समूह गठन गरेको हो । आदर्श ज्येष्ठ नागरिक समिति पुम्दी–भुम्दीको आयोजना तथा कम्युनिटी सपोर्ट ग्रुप पोखराद्वारा संचालित विपद् उत्थानशिलतनका लागि ज्येष्ठ नागरिकको समावेशीकरण परियोजनाको सहयोगमा समूह गठन गरिएको सहजकर्ता भगदत्त पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पौडेका अनुसार गठित समूहको संयोजकमा सागर बराल, सह–संयोजकमा उत्तम बराल, सदस्यहरुमा विष्णु बराल, सन्तोष बराल, सहनशिल बराल, शिला बराल, विनिता बराल, प्रदिप बराल, कविता बराल, विनिता बराल र सम्झना अधिकारी रहेका छन् । कार्यक्रममा पोलेमनपा २२ का वडा सचिव रामप्रसाद पौडेलले ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर अन्य नागरिकको तुलनामा बढी भएकोले सो विषयमा कार्ययोजना बनाएर अगाडि बढन नसकेमा विकास प्रक्रियामा समेत अवरोध आउन सक्ने भएकोले समयमै सवैले सोच्नुपर्ने बताए ।  कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङले विपद्को समयमा ज्येष्ठ नागरिक सबैभन्दा बढी जेखिममा पर्ने भएकोले विकास निर्माण कार्यहरु संचालन गर्दा तथा बनाउँदा ज्येष्ठ नागरिक मैत्री बनाउन आवश्यक रहेकोले सो कुरामा सबैको ध्यान जानुपर्ने बताए ।  ज्येष्ठ नागरिक समितिका अध्यक्ष षडानन्द बरालले राज्यले ऐन तथा कानूनमा उल्लेख गरेका स्वास्थ्य, सामाजिक सुरक्षा सार्वजनिक यातायातको भाडा छुट जस्ता सेवा सुविधाहरु समेत ज्येष्ठ नागरिकले सहजरुपमा उपभोग गर्न नपाएकोमा सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए । कार्यक्रममा नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिको अवस्था विष्लेषण, ज्यष्ठ नागरिक ऐन २०६३, अन्तरपुस्ता सम्बन्ध विस्तार, ज्येष्ठ नागरिकको सहज तथा सम्मान जनक जीवनयापन लगायतका विषयमा भगदत्त पौडेलले सहजीकरण गरेका थिए । आदर्श ज्येष्ठ नागरिक समिति पुम्दी–भुम्दीका अध्यक्ष षडानन्द बरालको अध्यक्षयतामा भयको कार्यक्रमको संचालन सुनिता बरालले गरेकी थिईन ।



Post a Comment

 
Top