0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनमा कास्कीको मादीगाउँपालिका वडा नंं ४ तारकाङको वडा अध्यक्षमा चन्द्रप्रसाद सापकोटा (रवि) ले उम्मेदवार दिने भएका छन् । लामो समयदेखि सक्रियरुपमा संगठित सदस्य सापकोटाले विद्यार्थीकालदेखि राजनीति गर्दैआएका छन् । जनताको हित र गाउँको विकासलाई सर्वोपरी ठान्दै कुनै पनि व्यक्तिगत स्वार्थमा नलाग्ने उनको प्रण छ । २०३७ सालमा अनेरास्ववियु ध्रुव निमाविका संस्थापक अध्यक्ष भइ राजनीतिमा होमिएका सापकोटा जुझारु, कटिवद्ध र इमान्दार मानिन्छन् । सापकोटासँग अनरास्ववियु सीताराम माविको अध्यक्ष, जिल्ला कमिटी सदस्यको दुई कार्यकाल, पृथ्वीनारायण क्याम्पस सहप्रारम्भिक कमिटी मानविकीका सचिव, एमाले थुमाकोडाँडा गाउँ कमिटी सदस्य, युवा संघ नेपालको क्षेत्र नं. १ को क्षेत्रीय सदस्य भइ काम गरेको अनुभव छ । त्यस्तै, विभिन्न सामाजिक संस्थामा पनि उनी आवद्ध छन् । सापकोटा कल्याण केन्द्र, कास्कीको संस्थापक सचिव, तारकाङ–पोखरा सम्पर्क समाजको संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार, रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कास्कीमा ३ कार्यकालसम्म सहसचिव, लोकदोहोरी गीत प्रतिष्ठानमा आजीवन सदस्य, ध्रुव माविमा संचालन भएको महायज्ञमा प्रचार संयोजक भइ कुशलरुपमा काम गरेका थिए । जनताको सल्लाह बेगर कुनै पनि निर्णय नगर्ने भन्दै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न सम्पूर्णलाई उनले आग्रह गरेका छन् ।
लामो समयदेखि पार्टीमा जुझारु र इमान्दार संगठित सदस्य सापकोटाले चुनावमा पनि पार्टीले टिकट दिनेमा विश्वस्त रहेको बताउँछन् । कास्कीका चार गाउँपालिकामध्ये मादी गाउँपालिका पार्चे, नामार्जुङ, थुमाकोडाँडा, सैमराङ, मिजुरे, भाचोकसहित हंशपुर, माझठाना र कालिकाका केही वडा मिलि बनेको हो ।





Post a Comment

 
Top