0
गोल्डेन न्यूज संवाददाता
संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार १५ ले काभ्रेपलाञ्चोक, दोलखा र नवलपरासीका सहकारीहरुको अवलोकन भ्रमण गरी फर्केको छ । सहकारीका अध्यक्ष निरज थापाको नेतृत्वमा भएको भ्रमणमा संचालक समिति, लेखा समिति लगायत विभिन्न उपसमितिका पदाधिकारी हरुका साथै कर्मचारीहरुसहितको सहभागिता रहेको थियो। एशियाकै उत्कृष्ट सहकारीहरुको अध्ययन अवलोकन गरी संस्था तथा सदस्यको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ भएको उक्त भ्रमण टोलीले काभ्रेपलाञ्चोक जिल्लाको सामुदायिक र बुडोल सहकारी, दोलखा जिल्लाको जनसचेतन र एकीकृत फ्रेण्डशिप सहकारी, नवलपरासी जिल्लाको किसान र विकु सहकारीको अध्ययन अवलोकन गरेको छ । नेपालका सहकारीहरु एशियाकै उत्कृष्ट सहकारीको सम्मानबाट पुरस्कृत हुनु खुसी र गर्वको कुरा भएको र उनीहरुको सिको नेपालका सबै सहकारीहरुले गर्दै जानुपर्ने कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य एवं संगम सहकारीका अध्यक्ष निरज थापाले बताए । अन्तक्र्रियात्मक कार्यक्रम सहित गरिएको भ्रमणले द्विपक्षीय सम्बन्ध सुधारका साथै संस्था, सदस्य र समुदायको विकासमा टेवा पुग्ने विश्वास भ्रमण टोलीले गरेका छन् । टोलीले सिन्धुलीमा पर्ने ऐतिहासिक स्थल सिन्धुलीगढीको दृश्यावलोकन र नवलपरासीमा रहेको प्रसिद्ध तीर्थस्थल मौलाकालिका देवीको दर्शन समेत गरेको टोलीका सदस्य तथा शिक्षा उपसमिति संयोजक तिलक थापाले बताए ।



Post a Comment

 
Top