0
लायन्स क्लव अफ पोखरा गार्डेन सिटीले पर्वतको कुष्मा नगरपालिका वडा नं १७ लामठामा रहेको विश्वज्योति माविमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको कक्षा १ देखि ५ सम्मका १ सय भन्दा वढी विद्यार्थीहरुलाइ सो शैक्षिक सामग्री वितरण गरेको हो । क्लवले विद्यार्थीको लागि आवस्यक पर्ने कापी कलम, पुस्तक , भलिवल र जालीगरि करिव  २ लाख वरावरको शैक्षिक सामग्री वितरण गरेको क्लवका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले पढ्ने इच्छा भएका वालवालिकालाई सघाउने उद्देश्यले नै लायन्सले शैक्षिक सामग्री वितरणमा ध्यान दिएको बताए। समाजमा अन्य स्थानमा भन्दा वाालवालिकाको पढाईमा सघाउन सके आजका वाालवाालिकाले भोलि यो देशको मुहार फेर्न सक्ने बताए । जिल्ला शिक्षा कार्यालय कास्कीका श्रोत  व्यक्ति एवं संस्थाका निर्वतमान अध्यक्ष टोलप्रसाद अर्यालले पढ्ने इच्छा भएका विद्यार्थीलाई शैक्षिक सामग्री अभाव हुनु दुःखद भएको भन्दै क्लवले त्यस्ता विद्यालयको खोजी गर्दै शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले वितरण गरिएको शैक्षिक सामग्रीको सही सदूपयोग गर्न विद्यार्थीहरुलाइ आग्रह गरे । शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक  यमप्रसाद सुवेदीले आफूले पढेको विद्यालयमा शैक्षिक सामग्री उपलव्ध गराउने काममा आफूले सक्रीय भूमिका खेलेको स्मरण गराए । विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद तिमिल्सिनाले आफ्नो विद्यालयका विद्यार्थीका लागि लायन्स  क्लव  अफ पोखरा गार्डेन सिटीले शैक्षिक साामग्री वितरण गरेर गुन लगाएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा संगीत  शिक्षक यमवहादुर केसी, लायन्स प्रतिनिधि वसन्तराज आचार्यर शिक्षक झल पौडेल लगायतले वोलेका थिए ।
 कक्षा १ देखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा ३ सय ५० विद्यार्थी र २१ जना शिक्षक शिक्षिका रहेको शिक्षक झलक पौडेलले जानकारी दिए।

Post a Comment

 
Top