0
गोल्डेन न्यूज संवाददाता
पोखरामा क्रियाशील लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीको लायन वर्ष २०१७÷१८ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लवको अध्यक्षमा कुलदी सुवेदी चयन भएका छन् । क्लवको प्रथम उपाध्यक्षमा दीलिपकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा महेश्वर सुवेदी  र तृतीय उपाध्यक्षमा गंगा विलाश लोहनी रहेका छन् । यसैगरी क्लवको सचिवमा टेकनारायण रेग्मी, सह–सचिवमा सञ्जिव श्रेष्ठ, कोषाध्यक्षमा चामचन्द्र लामिछाने र सह–कोषाध्यक्षमा प्रितम अधिकारी चयन भएको क्लवका संस्थापक अध्यक्ष हरिराज पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  पन्तका अनुसार क्लवको टेमरमा रेशमलाल श्रेष्ठ, टेल ट्वीष्टरमा गौतमराज आचार्य, पिआरओमा कृष्ण गिरी, फाइनान्स डाइरेक्टरमा रञ्जित रोक्का, मेम्वरशिप डाइरेक्टरमा ताराबहादुर विक र रिपोर्टिङ अफिसरमा मनोज बस्याल रहेका छन् । क्लवका पूर्व अध्यक्ष अनुराग श्रेष्ठ संयोजक,  सन्तोष अर्याल र सुन्दर गुरुङ सदस्य रहेको निर्वाचन कमिटीले नयाँ कमिटी चयन गरेको हो । 
कार्यक्रममा संस्थापक अध्यक्ष हरिराज पन्त र जोन चेयर पर्सन सन्तोष श्रेष्ठ लायन्स इतिहासमा क्लवको भूमिका र भावी रणनीति बारे नयाँ कमिटीलाई सुझाव दिएका थिए । क्लवका अध्यक्ष गिरीधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गंगाविलास लोहनीले गरेका थिए । 

यसैगरी लायन्स क्लव अफ पोखरा हिमालयनको लायन वर्ष २०१७÷१८ का लागि डा.इन्द्रमान महर्जनको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । क्लवको प्रथम उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवीप्रसाद गुरुङ्ग, सचिवमा दिनेशराज शाक्य, कोषाध्यक्षमा डा. तेजबहादुर गुरुङ्ग, सह–सचिवमा लक्ष्मी प्रसाद द्वा, सदस्यता निर्देशमा नविन नापित चयन भएका छन्। त्यसैगरी जनसम्पर्क निर्देशकमा अशोक गुरुङ्ग, स्वास्थ्य निर्देशकमा विष्णुमान कायस्थ, वित्त तथा योजना निर्देशकमा ई.पूर्ण बहादुर गुरुङ्ग, टेमरमा विजयकुमार रञ्जित, टेल ट्वीष्टरमा भुषण नारायण श्रेष्ठ, निवर्तमान अध्यक्षमा हर्क बहादुर गुरुङ्ग, सल्लाहकारहरुमा दिनेश शंकर पालिखे, हरि प्रसाद श्रेष्ठ र हरि प्रसाद गुरुङ्ग चयन भएका छन् । क्लवका अध्यक्ष हर्क बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम देवीप्रसाद गुरुङ्गले संचालन गरेका थिए ।

Post a Comment

 
Top