0
ग्रामीण भेकको सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई अध्ययनका लागि छात्रवृत्ति अभियान सञ्चालन गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई युके बोसिङ्टोक स्थित इजीजीले सहयोग गरेको छ । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित भई हालसम्म १०१ जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई युकेमा सामाजिके सेवाका लागि सन् २०१२ देखि क्रियाशील एभर ग्रीन ग्रुपले १ लाख रुपैयाँ छात्रवृत्ति प्रदानका लागि ग्रुपका लाल गुरुङले प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङलाई हस्तान्तरण गरेका हन् । युकेमा यसवर्षको भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गरी संकलित ५ लाख १२ हजार ७३० रुपैया मध्ये तमु साँस्कृतिक प्रतिष्ठानलाई तमु विद्यार्थी छात्रवृत्तिका लागि १ लाख रुपैया हस्तान्तरण गर्नुहुदै ग्रुपका लाल गुरुङले च्यारिटीबाट संकलित १ लाख बौद्ध अर्घौं सदनमा निर्माण हुने नयाँ गुम्बाका लागि, १ लाख, एकल महिला संघले परित्यक्त विद्यार्थी अध्ययन गराइरहेकाले १ लाख, गरिब तथा अनाथ बालकहरुको सहारा बनेको सहारा एकेडेमीलाई १ लाख र सरिता गुरुङद्वारा सञ्चालित माया सर्किनीलाई घर निर्माणका लागि १ लाख १२ हजार ७३० रुपैया सहयोग गरेको बताए । दश जनाको एभर ग्रीन ग्रुपले अहिलेसम्म करिब ३८ लाख रुपैयाँ विभिन्न संघ संस्था र पीडितहरुलाई सहयोग गरेको बताए ।

यसैगरी इजिजिका नियमित सहयोगी पोखरा पुम्दी–भुम्दी कालावाङ घरेडी घर भई युकेमा कार्यरत अशोक गुरुङ र यशोदा गुरुङको बैवाहिक जीवनको ३३औं वर्ष पुगको अवसरमा अशोक गुरुङले प्रतिष्ठानको उदाहरणीय अभियान का लागि अध्यक्ष चिजकाजी गुरुङलाई ५० हजार १११ रुपैयाँ हस्तान्तरण गरे । कार्यक्रममा अध्यक्ष चिजकाजी गुरुङले प्रतिष्ठानको स्थापनाको उद्देश्य र यसका गतिविधिका बारेमा जानकारी गराएका थिए भने सल्लाकार तेजबहादुर गुरुङले प्रतिष्ठानको बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा सहयोगदाता इजीजी ग्रुपका लाल गुरुङ र सहयोगी अशोक गुरुङलाई खादा लगाएर स्वागत र प्रतिष्ठानको स्मारिका प्रदान गरिएको थियो । प्रतिष्ठानका कार्यालय पोखरा–११, रानीपौवामा प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव श्रीजंग गुरुङले गरेका थिए ।





Post a Comment

 
Top