0
गोल्डेन न्यूज संवाददाता
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एमालेकै ‘लाइन’ मा आएको छ । संसदमा एमाले र मधेशी मोर्चाको हैसियत बिहीबारदेखि एउटै भएको छ । बिहीबार मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारबाट समर्थन फिर्ता लिएको आधिकारिक जानकारी लिखित रुपमा सभामुख ओनसरी घर्तीमगरलाई दिएपछि संसदमा उनीहरुको प्रतिपक्षको भूमिकामा हुने भएका हुन् ।  अब सत्तापक्षभन्दा प्रतिपक्ष बलियो हुने भएको छ । सरकारको विरुद्धमा मधेशी मोर्चाले कतिको ‘एक्सरसाइज’ गर्छ त्यो हेर्न बाँकी छ तर अब सरकारलाई चुनौति थपिने भने प्रष्ट देखिएको छ ।

त्यसो त मधेशी मोर्चा सत्तापक्ष भएपनि संसदमा प्रतिपक्षीको सीटमा बस्ने गथ्र्यो । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने–‘हामी आन्दोलनकारी भएका कारणले सरकारलाई समर्थन गरेपनि प्रतिपक्षको बेन्चमा बस्थ्यौं अब त सरकारबाट समर्थन फिर्ता लिई सकेपछि प्रतिपक्षको भूमिका नै हुनेछौ ।’ 
त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेपनि सरकारलाई आफूहरुको पूर्ण समर्थन र सहयोग हुने गरेको बताउँदै उनले अब त्यस्तो सहयोग नहुने बताए । संविधान संशोधनको विधेयक पास गराउनका लागि हाम्रो सहयोग हुन्छ, त्यसबाहेकको सहयोगका लागि विचार नै गर्नुपर्छ, उनले भने, सरकारले हामीसँग जस्तो प्रस्तुत हुन्छ, हामी पनि त्यस्तै नै प्रस्तुत हुन्छौ ।’ एमाले नेतृत्वको गठबन्धनमा रहेका मालेका महासचिव सीपी मैनालीले भने, ‘पहिला हामीसँग २०१ सांसद थियो, अब मधेशी मोर्चा प्रतिपक्षमा आएपछि हामी सत्तापक्षभन्दा बलियो भएका छौ ।’ प्रतिपक्षको भूमिकामा आएको हुनाले अब उनीहरुसँग छलफल हुने बताउँदै उनले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन किन फिर्ता लियो भने प्रष्ट अझै प्रष्ट नभएको र त्यो प्रष्ट भएपछि उनीहरुसँग सहकार्य हुनसक्ने बताए । यद्यपि, मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने प्रतिपक्षमा भएपनि एमालेसँग कुनै सहकार्य नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘एमाले मधेशविरोधी पार्टी हो, ऊ सरकारमा हुँदा पनि मधेशीसँग दुरव्यहार गर्यो, अहिले प्रतिपक्षमा भएपनि दुव्र्यवहार गर्दैछ त्यसैले एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन । मधेशको मामिलामा एमाले र मधेशी मोर्चाबीच आकाश जमिनको फरक छ, मधेशी जनता एमालेप्रति आक्रोशित छन्न् त्यसैले यही अवस्थामा एमालेसँग कुनै सहकार्य नहुने’ भन्दै उनले सरकार आफूहरुसँग जस्तो व्यवहार गर्छ, त्यस्तै व्यवहार आफूहरुले पनि त्यस्तै व्यवहार गर्ने प्रष्ट पारे । मधेशी मोर्चासँग ३८ सांसद छन् । हाल संसदमा पाँच सय ९४ सांसद रहेका छन् । अर्थात सरकारलाई बहुमतका लागि २९८ सांसदको खाँचो हुन्छ । अहिले सत्तापक्षमा काँग्रेसका २०७, माओवादीका ८१, राप्रपा ३७, साना दलका ९ र नेकपा संयुक्तका ३ सांसद छन् । अर्थात उनीहरुको संख्या ३३७ छ । यसकारण मोर्चाले समर्थन फिर्ता लिए पनि सरकारमाथि कुनै खतरा छैन् ।  तर, अब एमालेसँग मोर्चा मिलेपछि सरकारको काम कारवाहीलाई भने अगाडि बढाउन समस्या बनाउन सक्छन्।









Post a Comment

 
Top