0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले बुधबार बृद्धबृद्धालाई सहयोग गरेको छ । क्लवले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ बात्स्यायन बृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गरेको हो । लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको हंगर रिलिफ प्रोगाम अन्तर्गत कार्यक्रम भएको थियो ।
कार्यक्रममा उपस्थित लायन्सकर्मीले वृद्धाश्रम रहेका वृद्धावृद्धालाई खाना खुवाउनुको साथै खाद्यान्न सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं  रिजन चियर पर्सन बालकृष्ण बराल उनले हंगर रिरिफ कार्यक्रममार्फत वृद्धवृद्धालाई सहयोग गरेकोमा खुशी व्यक्त गरे ।  लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष बसन्त गिरी, इलेक्टड प्रथम उपाध्यक्ष जित बहादुर थापा गोपाल, लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा कुमारी आचार्य, इलेक्टेड प्रेसिडेन्ट सिता पहारी, द्वितीय उपाध्यक्ष सावित्रा पौडेल, सचिव मेनका पौडेल, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका इलेक्टेड तृतीय उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष महेश्वर रिमाल, सह–सचिव कृष्ण प्रसाद आचार्यले बोलेका थिए । कार्यक्रममा क्लवका इलेक्टेड कोषाध्यक्ष महेश्वर रिमालकी धर्मपत्नी माया रिमालले आफ्नो जन्मदिन अवसरमा वृद्धवृद्धालाई खाद्यान्न सामाग्री सहयोग समेत गरिन् ।




Post a Comment

 
Top