0
नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ मोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक गरेको छ । हुण्डाईका लागि गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता एल.आई. मोटर्स प्रालि बुद्धचोक पोखरा सो रुमबाट एक कार्यक्रमका बीच बिहीबार ‘२०१७ ग्राण्ड आइटेन’ सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उक्त गाडी सार्वजनिक गरेका हुन् । बजारको परिबर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथमिकतामा राख्दै नयाँ मोडलको गाडी सार्वजनिक गरिएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । ‘नयाँ बोल्ड र स्टाइलिस गाडी प्रस्तुत भएको छ,’ उनले भने–‘यो गाडी पोखरा लगायत देशभर ग्राहकको आकर्षण बन्ने हाम्रो विश्वास छ ।’ उच्च विशेषताहरुका कारण सार्वजनिक भएको ग्राण्ड आइटेनको नयाँ मोडल ग्राहकले रुचाउने कार्यकारी निर्देशक सुनिल श्रेष्ठको दावी छ । ‘हुण्डाइका सबै ब्राण्ड ग्राहकको रोजाईमा परेका छन्,’ उनले भने–‘अहिले सार्वजनिक भएको नयाँ मोडलले अझ धेरै ग्राहकको मन जित्ने हाम्रो विश्वास छ ।’ सुरुवात देखि नै ग्राण्ड आइटेन उत्कृष्ट उत्पादन रहेकाले धेरैले मन पराइराखेको सेल्स अप्रेसन इन्चार्ज भीम सिंह खत्रीले बताए ।‘धेरै भन्दा धेरै ग्राहकवर्गको मन जित्न सफल भएकाले आगामी दिनहरुमा पनि नयाँ २०१७ ग्राण्ड आइटेनले सोही किसिमको अनुभव र सुविधा प्रधान गर्नेमा विश्वस्त छौं,’ उनले भने । सार्वजनिक भएको नयाँ गाडीको भित्री भाग कम्फर्ट, लक्जरी, हाइ–टेक एपिएलमार बाहिरी भाग बोल्ड, स्पोर्टी र डाइन्यामिक स्टाइलिङ छ । ‘अगाडिको अग्र भागमा नयाँ बम्पर र नयाँ एलइडीडे टाइम रनिङ लाइटछ,’ खत्रीले भने,–‘पछाडि बम्पर र नयाँ रिफ्लेक्टर छ ।’ विभिन्न ६ वटा मोडलमा उपलब्ध यो गाडीको मूल्य २६ लाख ९६ हजार रुपैयाँदेखि ३४ लाख ५६ हजार रुपैयाँसम्म पर्ने खत्रीले बताए । ६ वटा कलरमा उपलब्ध यो कारमा ५ सिटक्षमता छ । ‘सेन्सर क्यामरा जडान गरिएकाले दुर्घटना हुने सम्भावना निकै कम छ,’उनले भने । नेपालमा धेरै ग्राहकको रोजाईमा परेको यो कार भारतमा पनि लोकप्रिय छ । यो कारले सन् २०१४ माइण्डियन कार अफ दि इयर उपाधि पाएको थियो ।

Post a Comment

 
Top