0
गोल्डेन न्यूज संवाददाता
विश्व हिन्दू महासंघ जिल्ला कार्यसमिति कास्कीको सक्रियतामा पोखरामा बुधबार हिन्दू धर्ममा आस्था राख्नेहरुको भेला भएको छ । भेला आगामी दिनमा नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गराउन गर्नुपर्ने कार्यक्रमबारे छलफल गरेको महासंघ कास्कीका अध्यक्ष शंकर खरालले जानकारी दिए । परिवर्तित राष्ट्रिय परिवेशमा नयाा संरचनाअनुसारका हरेक वडा तथा इकाइमा संगठनको उपस्थित मजबुद बनाउने र सम्पूर्ण ॐकार परिवारलाई एकत्रित गरी धार्मिक जागरण ल्याउनेबारे छलफल भएको उनले बताए । कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मा, केन्द्रीय सदस्य खगेन्द्र पराजुली, कानुनी सल्लाहकार दुर्गाप्रसाद कोइराला, आजीवन सदस्य रमेशबहादुर भट्टराई, हुतराज श्रेष्ठ, रामचन्द्र गौतम, इन्दिरा बराललगायतले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए । भेला विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएकोउक्त भेलाले यही शुक्रबार पोखराको लायन्स भवनमा दिउँसो १ बजे हुने नगर भेलालाई सफल पार्न सम्पूर्ण कस्केली धर्मानुरागीलाई आग्रहसमेत गरेको छ ।











Post a Comment

 
Top