0
गोल्डेन न्यूज संवाददाता
कुँवरटोल टोल विकास संस्था पोखरा–८ को तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पार्वती पौडेललाई पुनः अध्यक्षमा चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा गैमान गुरुङ, सचिव राजकुमार श्रेष्ठ, सह–सचिव तीर्थ अधिकारी, कोषाध्यक्षमा एकता केसी चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा वुद्धिबहादुर कुँवर, पूजा बस्नेत, शोभा महत, निर्मल खाण, शिला कुँवर, समिक्षा कुँवर रहेका छन् भने सल्लाहकारमा प्रकाश क्षेत्री, रामचन्द्र आचार्य, जवाहरलाल कुवँर खाँण, भोजबहादुर कँुवर शर्मा, श्रीमाया कुँवरलाई मनोनित गरिएको छ ।  उक्त अवसरमा टोल विकास संथाको पहलमा निर्माण गरिएको नवनिर्मित बाटो समेत उद्घाटन,  टोल विकास संस्थामा महत्वपूर्ण योगदान दिनेहरु संस्थाका सचिव राजकुमार श्रेष्ठ, संस्थाका सल्लाहाकार प्रकाश केसी, टोल विकास समन्वय समितिका अध्यक्ष शारदा गिरी, निर्वतमान अध्यक्ष श्रीमाया कुँवर  र नौलीश्री गुरुङलाई सम्मान गरिएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका का वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेको पोखराको विकासमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले संस्थाको सक्रियतालाई अझै बढाउन आग्रह गरे । उनले नगरपालिकाले टोलको विकास निर्माणमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । 

कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार राममोहन आचार्य, लालीगँुरास टोल विकास संस्थाका अध्यक्ष मेनुका बराल, जाल्पादेवी महिला उद्धार समूहका पवित्रा केसी, बाटो निर्माण समितिका अध्यक्ष राजु खाँण, पत्रकार नविन सिक्देल, मानव मिलन नारी जागरणका सचिव कमला गिरी, रेडियो सफलताकी दुर्गा अधिकारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वीरेन्द्र नारायण विजुक्छे लगायतले आ–आफ्नो  भनाइ राखेका थिए । टोलविकास संस्थाका अध्यक्ष पार्वती पोडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धनबहादुर दासले गरेका थिए ।


Post a Comment

 
Top