0
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला जारी छ । कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि काठमाडौंको संयुक्त आयोजनामा गत आइतबारदेखि सुरु भएको मेला फागुन २९ गतेसम्म चल्नेछ । मेलाको आइतबारसम्म ५९ हजार दर्शकले अवलोकन गरेका छन् भने आइतबारसम्म मेलामा ४० लाख रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ । आठौँ दिन आइतबार मात्र १० हजार दर्शकले मेला अबलोकन गरेको मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन। मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । उद्यमशीलतालाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाली जुत्ता घर प्रालि काठमाडौंका सञ्चालक होमनाथ उपाध्यायले बताए । मेलामा पोखरा तथा छिमेकी जिल्ला र देशभरका हस्तकलाका सामानहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । त्यस्तै इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड पोखरा नेपालले पोखरा प्रदर्शनी केन्द्रमा यही फागुन २९ गते होली विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा लिएको प्रवेश टिकट लिएर हस्तकला तथा जुत्ता मेलामा गइ १ हजार मूल्य बराबरको हस्तकलाका सामान तथा जुत्ता खरिद गर्ने ग्राहकलाई रु १ सय छुट दिइने मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन ।










Post a Comment

 
Top