0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सोसाइटीको आयोजनामा शनिबार पोखरा सभागृहमा बृहत् हास्यब्यंग्य साँझ सम्पन्न भयो। न्यूनतम मानवीय आवश्यकता बाट वञ्चित हुन पुगेका व्यक्ति समुदाय तथा सजिव प्राणीको कल्याणका निम्ति जहाँ जहिले जे आवश्यकता पर्दछ त्यहाँ सकिन्छ आर्थिक भौतिक, सकिंदैन भने नैतिक र सामाजिक रुपमा सहयोग गर्ने उद्देश्यका साथ क्लवले देशका विभिन्न जिल्लाका विशेष गरी ग्रामिण भेकमा गएर सेवामूलक कामहरु गर्दै आइरहेको क्लवका अध्यक्ष होमविलास सापकोटाले जानकारी दिए।  कार्यक्रमका प्रमुख अतिथि पिएमसिसि दिपक श्रेष्ठले लायन्स क्लव अफ पोखरा पिस सोसाईटीले उल्लेखनीय सामाजिक कार्यक्रम गरेको बताए । उनले यस्ता सामाजिक कामहरु निरन्तर रुपले अगाडि बढाउनेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारे । कार्यक्रमबाट वचत भएको रकम निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, विभिन्न सचेतनामूलक कार्यक्रम, असाहय तथा जेहेन्दार छात्र–छात्राहरुलाई छात्रवृद्धि लगायतका कार्यक्रममा खर्च गरिने कार्यक्रम संयोजक शैलेन्द्र कर्मचार्यले बताए। कार्यक्रममा स्वागत मन्तब्य क्लवका पूर्व अध्यक्ष रुद्रबहादुर के.सी.ले र संचालन  सचिव कुशराज तिमिल्सिना र दिनेश डिसीले गरेका थिए। कार्यक्रममा मनोज गजुरेल, सन्दिप क्षेत्री, सुरेन्द्र के.सी.(मूलाको साग), शिव शंकर रिजाल (जोगिन्दर पानवाला) महादेव त्रिपाठी, प्रीति आले लगायतले आ–आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रममा पोखरेलीको उत्साहजनक सहभागिता थियो ।



Post a Comment

 
Top