0
गोल्डेन न्यूज संवाददाता
निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकोे विधानबाट हिन्दूराष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाउनु पर्ने गरेको निर्णय संविधान विपरित भएको राप्रपाका प्रदेश नं ४ का इन्चार्ज रमेश बहादुर भट्राइले बताएका छन् । राप्रपा कास्कीले आफ्नो चुनाव चिन्ह गाईको  सार्वजानिक गर्न गरेका कार्यक्रममा चुनाव चिन्ह गाईको सार्बजानिक गर्दै राप्रपाका प्रदेश नं ४ का इन्चार्ज भट्टराइले यस्तो बताएका हुन् । उनले आयोगको निर्णय नियोजित रहेको भन्दै आयोगले निर्णय नसच्चाए सडकमा जाने चेतावनी समेत दिएका छन् ।
भट्टराइले कञ्चनपुरमा भारतीय सीमा प्रहरीको गोली प्रहारबाट नेपाली युवक गोबिन्द गौतम मारिनु खेदपूर्ण रहेको भन्दै भारतले माफी माग्नुपर्ने र दोषीलाई कार्वाही गर्ने बिषयमा सरकारले पहल गर्न पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका सल्लाहकार दवीरमण न्यौपाने, पार्टीका उपनेता भिमराज भण्डारी, पूर्र्व केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, जे.बी कुँवर क्षेत्र नं २ का अध्यक्ष गीता गुरुङ, क्षेत्र नं. ३ का  अध्यक्ष अशिल शाही लगायतले राप्रपा चुनाबी एजेण्डा र पार्टीले राष्ट्रका हितका लागि गरेका कार्यहरुको बारेमा प्रकाश पारेका थिए । 
९४ प्रतिशत ओमकार परिवार रहेको राष्ट्रमा हिन्दू धर्मको ओकालत गर्ने एउटा मात्र शक्ति राप्रपा भएको भन्दै आगामी बैशाख ३१ गतेको निर्वाचनमा मतदान गर्नपनि कार्यकर्तालाइ आग्रह गरेका छन् । राप्रपा कास्की का अध्यक्ष जयलाल पुनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नका लागि काग्रेश सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै निर्वाचन आयोगले शुक्रबार गरेको निर्णय नसच्चाए सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै सदन र सडक तताउने चेतावनी दिएका छन् । कार्यक्रममा राप्रपाका हरिदेबी अधिकारी, बरुण विक्रम राणा, इश्वरी बैरागी, अशिल कुमार शाही, नरकाजी गुरुङ, बिष्णु पौडेल लगायतका जिल्ला तहका नेताहरुले कार्यक्रममा बोलेका थिए । 
गत मंसिर ६ गते पशुपति सम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीे बीच एकीकरण भएपछि फागुन ६ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न भएको केन्द्रीय अधिवेशन ले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको थियो । राप्रपाको केन्द्रीय कार्यक्रम अन्तर्गत देशका ७५ ओटै जिल्लामा चुनाव चिन्ह सार्वजानिक गरिएको छ । यसअघि राप्रपाको पार्टी कार्यलयबाट सुरु भएको ¥याली पोखराको पृथ्बीचोकमा पुगी सभामा परिणत भएको थियो ।



Post a Comment

 
Top