0
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ पस्र्याङमा रहेको शान्ति निकेतन स्कूलबाट  माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सम्मिलित विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कक्षा ९ का विद्यार्थी तथा र विद्यालयद्वारा आयोजित कार्यक्रममा ३७ जना विद्यार्थीहरुलाई बिदाई गरिएको विद्यालयका शैक्षिक प्रमुख यदुविलाश भूत्र्यालले जानकारी दिए । कक्षा ९ का विद्यार्थी प्रज्वल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य महेश्वर पराजुलीले मायाको चिनो प्रदान गरि विद्यार्थीहरुलाई विदाइ गरेका थिए । कार्यक्रममा बोल्दै प्रचार्य पराजुलीले बिदाई भएका विद्यार्थीहरुको उच्च शैक्षिक सफलता र उज्वल भविष्यको शुभकामना प्रकट गरे । कार्यक्रममा कक्षा ९ की जागृती कोइराला, बिदाई भएका विद्यार्थी इशा आचार्य र प्रजिता खाँड लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  उक्त अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच एक आपसमा मायाको चिनो साटासाट गरिएको थियो भने बिदाइ भएका विद्यार्थीहरुले सम्पूर्ण शिक्षक–शिक्षिकाहरुलाई पनि मायाको चिनो प्रदान गरेको विद्यालयका संचार संयोजक हेम सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । शान्ति निकेतन स्कूलबाट यसअघि ६ पटक विद्यार्थीहरु एसएलसी परीक्षामा सम्मिलित भएका थिए । पहिलो वर्ष र पाचौं व्याचका विद्यार्थीहरुले शतप्रतिशत विशिष्ट क्षेत्रीको नजिता हासिल गरेको विद्यालयले जनाएको छ।


Post a Comment

 
Top