0
गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापालाई पोखरामा स्वागत एवं सम्मान गरिएको छ । गलकोट समाज पोखराले बिहीबार स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी अध्यक्ष थापासहित गलकोट समाज जापानका कार्यसमिति सदस्य गुमानसिंह थापालाई पनि सम्मान गरेको हो । थापाद्वयलाई गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीले खादा र मायाको चिनोद्वारा सम्मान गरे ।  सम्मान ग्रहण गर्दै गलकोट समाज जापानका अध्यक्ष थापाले विश्वभरि छरिएर रहेका गलकोटेहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न गलकोट समाजले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे। ‘विभिन्न देशमा गठन भएका गलकोट समाजले गलकोटेहरूलाई एक ठाउँमा ल्याउने भूमिका खेलेको छ’, थापाले भने–‘अब गलकोट समाजको अन्तर्राष्ट्रिय सञ्जाल बनाउनु आवश्यक छ ।’  बागलुङ जिल्लाको गलकोट क्षेत्रमा विकासको प्रचुर सम्भावना रहेको भन्दै थापाले पूर्वाधार निर्माण भइरहेकाले गलकोटको विकासलाई कसैले रोक्न नसक्ने बताए । ‘हामी विदेशमा भएपनि गलकोटको अति नै माया छ, गलकोटकै चिन्ता छ’, थापाले भने–‘हामीले विदेशमा कमाएको पैसा गलकोटको शिक्षा, स्वास्थ्य एवं पर्यटन विकासका लागि केही मात्रामा भएपनि खर्च गरिरहेका छौं, अझै पनि लगानीका लागि तयार छौं । गलकोट समाज पोखराका सल्लाहकार रामप्रसाद पाण्डेले समाजले पोखरा लेखनाथ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने गलकोटेहरूलाई संगठित गर्दै अघि बढेको उल्लेख गरे । ‘गलकोटेहरूका समस्या समाधानका लागि हामी संगठित भएका छौं’, सल्लाहकार पाण्डेले भने–‘गलकोट समाज पोखरालाई संस्थागत गर्न आफ्नै भवन निर्माणका लागि हामी तत्कालै जग्गा खरिद प्रक्रियाका लागि अघि बढ्दै छौं ।’ गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसले गरेका थिए ।







Post a Comment

 
Top