0
गोल्डेन न्यूज संवाददाता
विगत लामो समयदेखि गीत संगितको माध्यमबाट शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड नेपथ्यको एक टोली मंगलबार कास्कीको माछापुच्छ«े गाउँपालिका साविक ल्वाङ्घलेलमा रहेको गौरी शंकर मनिलाल माध्यामिक विद्यालयमा पुगेको छ । यही चैत २६ गते पोखरा रंगशालामा फेरी उठ्ने छ नेपालको दोश्रो संस्करण नेपथ्य ब्याण्डबाट प्रस्तुती हुने भएपछि उक्त कार्यक्रमबाट बचत केही रकम उक्त बिद्यालयलाई सहयोग गर्ने भएकोले त्यसको पूर्वसन्ध्यामा एक टोली मंगलबार विद्यालय पुगेर अवलोकन गरेको हो । मनिलाल विद्यालयको अवलोकन गर्दै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पोखरेली गायक अमृत गुरुङले माओबादी द्वन्द कालमा लोक भाकासहित पुराना संस्काररु धेरै हराउँदै गएकोमा चिन्ता व्यक्त गरेकाछन । आफू २२ बर्षपछि विद्यालयमा पुग्दा धेरै परिवर्तन भएको बताउँदै उनले भने “फ्यान मेरो लागि भगवान हुन, लोक भाका माआवादी द्वन्दकालबाट हराउँदै गएको छ, लोक भाकाको पुस्ता हस्तान्तरण गर्ने समय द्वन्दले गर्दा गाउँ–गाउँबाट विस्थापित भए ।” पोखरामा ३ बर्ष पछि आफ्नो गायन प्रस्तुत गर्ने तयारीमा रहेका गायक गुरुङले पोखरामा आफ्नो प्रस्तुतिमा गरिब ४÷५ वटा नयाँ गीत हुने बताए । दुई घण्टाको प्रस्तुतिमा आफ्नो मोड अनुसार र दर्शकहरुको चहाना अनुसार गितहरु प्रस्तुत हुने समेत उनले बताए ।
पोखरामा पछिल्लो क्रममा फोहोर प्रदुषण बढ्दै गएकोमा चिन्क्ता व्यक्त गर्दै गायक गुरुङले ट्राफिक लाईट, वेज्राक्रसिङ जस्ता कुरामा ख्याली नगर्ने उपर कडा कारवाही हुनुपर्ने उनले माग गरे । उक्त विद्यालयको गुणस्तरिय शिक्षासहित प्राविधिक शिक्षा संचालनको लागि आर्थिक सहयोग गर्ने भएको आयोजक किरण गुरुङले बताए। हाल पोखरा भिमकालिपाटन सिमपानी बस्दै आएका गुरुङले आफू जन्मे हुर्किएको ठाउँ भएकोले विद्यालयमा कम्पुटर सहितको गुणस्तरीय शिक्षाको लागि सहयोग गर्ने भएको बताए । कार्यक्रमबाट कास्कीकै सल्यान वासखर्कमा रहेको भूमेश्वर आधारभूत बिद्यालयमा समेत आर्थिक सहयोग प्रदान गरिने भएको गुरुङले जनाए। मनिलाल विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीले आफ्नो विद्यालयमा हाल प्लस टुसम्म अध्ययन गर्ने करिब ३ सय जना विद्यार्थीहरु रहेको बताए । द्यिालयमा हाल केहि कम्प्युटर तथा ल्यापटप भएपनि प्राप्त मात्रमा नभएकोले नेपथ्य ब्याण्डले केहि सहयोग गर्न लागेको बताए । विद्यालयको प्राविधिक शिक्षा सहित विद्यार्थीहरुको सिपमूलक शिक्षा दिने उद्देश्यले नेपथ्यको सहयोग त्यस क्षेत्रमा खर्चिने उनले बताए ।  विद्यालयमा करिब दुई घण्टा पैदल हिंडेर विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको पूर्व प्रधानाध्यापक कुल प्रसाद अधिकारीले बताए । उनका अनुसार बिद्यालयमा कम्पुटर शिक्षा सहित खेल मैदान, मन्च, प्रोजेक्टर समेत आवश्यक छ । विद्यालय अवलोकन गर्न पुगेका गायक गुरुङ सहितको टोलीलाई बिद्यालय संचालक समितिका जेष्ठ सदस्य तथा जग्गा दाता भक्ति गुरुङसहित विद्यार्थीहरुले अविर तथा फूलमाला लगाएर विद्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुतः गरेको कार्यक्रम संयोजक विकेश कायस्थले बताए ।

Post a Comment

 
Top