0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा सेती गण्डकीको सम्पन्न १३औँ अधिवेशनले लायन वर्ष २०१७÷०१८ का लागि अरुणा शेरचनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। क्लवको प्रथम उपाध्यक्षमा दुर्गा शर्मा, द्वितीय उपाध्यक्षमा उमा पोख्रेल, तृतिय उपाध्यक्षमा विष्णु पौडेल रहेका छन्  भने सचिवमा सरिता थापा र कोषाध्यक्षमा सोमिता खड्का चयन भएका छन्। त्यस्तै टेल ट्वीस्टरमा सञ्जु सिलवाल, जनसम्पर्क अधिकारीमा सृजना थापा, टेमरमा मैया रञ्जित रहेको निर्वाचन आयुक्त एवं क्लबका पुर्व अध्यक्ष मिलन थापाले जानकारी दिइन। सुनैना पालिखेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पालिखेले नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई खादा, अबिर तथा दोशल्ला ओढाएर बधाई ज्ञापन गरेकी थिइन । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई  क्लबको सिद्धान्त अनुसार काम गर्नुका साथै क्लबलाई अझै मजबुद तवरले अगाडि बढाउन सुझाव दिइन । कार्यक्रममा पूर्व अध्यक्षहरुले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नयाँ कार्यसमिति क्लबका पूर्व अध्यक्ष मिलन थापाको संयोजकत्वमा गठन गरिएको हो ।


Post a Comment

 
Top