0
पोखरा लेखनाथ महानगरपालि का वडा नं १७ निवासी ८२ वर्षीय लीलावती बाँस्तोलाले आफ्ना पति स्व.समन्त बाँस्तोलाको स्मृतिमा सीतापाईला स्थित पोखरा बृद्धाश्रममा आर्थिक सहयोग गरेका छन् । बृद्धाश्रमको निरन्तरतामा सहयोग पु¥याउने लक्ष्यका साथ स्थापित अक्षयकोषका लागि एक समारोहका बीच बृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई बाँस्तोलाले २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हन् । सहयोग रकम हस्तान्तरण गर्दै बाँस्तोलाले बृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पु¥याएको सेवा सबैका लागि अनुकरणीय भएको बताए। बृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले अक्षयकोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको बताउँदै हालसम्म विभिन्न संघ–संस्था तथा व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भैसकेको जानकारी दिए । उक्त अवसरमा बाँस्तोला परिवारका सदस्यहरू राससकर्मी हरि बाँस्तोला, लक्ष्मी बाँस्तोला, मैना बाँस्तोला र विजय बाँस्तोलाले बृद्धबृद्धालाई जुस तथा विस्कुट प्रदान गरेका थिए । पश्चिमाञ्चल कै नमूना रहेको पोखरा बृद्धाश्रममा विभिन्न जिल्लाका ७२ जना असहाय एवम् विपन्न वर्गका बृद्धबृद्धा बस्दै आएका छन् ।















Post a Comment

 
Top