0
पोखरामा क्रियाशील लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीको लायन वर्ष २०१७/०१८ का लागि नयाँ
कार्यसमिति चयन भएको छ । क्लवको अध्यक्षमा कुलदी सुवेदी चयन भएका छन् । क्लवको प्रथम उपाध्यक्षमा दीलिपकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा महेश्वर सुवेदी  र तृतीय उपाध्यक्षमा गंगा विलाश लोहनी रहेका छन् । यसैगरी क्लवको सचिवमा टेकनारायण रेग्मी, सह–सचिवमा सञ्जिव श्रेष्ठ, कोषाध्यक्षमा चामचन्द्र लामिछाने र सह–कोषाध्यक्षमा प्रितम अधिकारी चयन भएको क्लवका संस्थापक अध्यक्ष हरिराज पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
पन्तका अनुसार क्लवको टेमरमा रेशमलाल श्रेष्ठ, टेल ट्वीष्टरमा गौतमराज आचार्य, पिआरओमा कृष्ण गिरी, फाइनान्स डाइरेक्टरमा रञ्जित रोक्का, मेम्वरशिप डाइरेक्टरमा ताराबहादुर विक र रिपोर्टिङ अफिसरमा मनोज बस्याल रहेका छन् । क्लवका पूर्व अध्यक्ष अनुराग श्रेष्ठ संयोजक,  सन्तोष अर्याल र सुन्दर गुरुङ सदस्य रहेको निर्वाचन कमिटीले नयाँ कमिटी चयन गरेको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष हरिराज पन्त र जोन चेयर पर्सन सन्तोष श्रेष्ठ लायन्स इतिहासमा क्लवको भूमिका र भावी रणनीति बारे नयाँ कमिटीलाई सुझाव दिएका थिए । क्लवका अध्यक्ष गिरीधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गंगाविलास लोहनीले गरेका थिए । 

Post a Comment

 
Top