0
सवारी चापलाई मध्येनजर गर्दै पोखरा उपत्यका भित्र ई–रिक्सा चलाउन प्रतिवन्ध गरिने भएको छ । यातायात ब्यवस्था कार्यालय गण्डकीको निर्णय अनुसार पोखरा उपत्यका भित्र ई रिक्सा सञ्चालनमा पूर्णरुपमा निषेध गरिने भएको र सोही अनुसार कार्वाही प्रक्रिया अघि वढाउन कास्की ट्राफिक प्रहरी कार्यालयलाई जानकारी दिइएको यातायात ब्यवस्था कार्यालय गण्डकीले जनाएको छ । चैत्र ८ देखि १५ गतेसम्म ई रिक्सा चालकहरुलाई सम्झाइ बुझाइ गर्ने र १६ गतेदेखि पोखरा उपत्यका भित्र पूर्ण रुपमा ई रिक्सा चलाउन प्रतिवन्ध गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चैत्र १६ गते देखि ई रिक्सा चलाएको खण्डमा नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Post a Comment

 
Top