0
गोल्डेन न्यूज संवाददाता
कास्कीको कालिका–४ कास्कीमा जन्म भई हाल अमेरिकाको न्यूयोर्कमा वसोवास गरिरहेकी १८ वर्षीया रक्षा पौडेलले आफ्नो जन्मभूमि कालिका गाविसका अनाथ तथा असाहृय वालवालिकालाई आफ्नो टिफिन खर्चबाट जोगाएको पचाँस हजार रुपियाँले शैक्षिक सामाग्रीहरु प्रदान गरेकी छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले कालिका गाविसका अनाथ तथा असाहृय २० जना वालवालिकालाई झोला तथा स्टेशनरी समान प्रदान गरेका थिए । कार्यक्रममा वोल्दै रानाभाटले रक्षाको सयोगको प्रशंसा गर्दै रक्षाका आगामी पाइलाहरुले सधैं सफलता पाईरहुन र धर्म गर्नका लागि मन्दिर नै जानु पर्छ भन्ने नरहेको र यस्तो महान कार्य मन्दिर गए भन्दा धेरै न ठूलो धर्म भएको वताए । नेकपा एमालेका कार्यालय सचिव बैन बहादुर अधिकारीले रक्षाको यति सानो उमेरमा ठूलो सयोगले सम्पूर्ण कालिकावासीहरु खुशी भएको बताए । कार्यक्रममा लेखनाथ पोखरा महानगरपालिका २८ का सचिव शोभाखर ढकालले कालिकावासीहरु जहाँ भएपनि आफ्नो जन्मभूमिलाई भुल्दैनन भन्ने कुरा रक्षाको सहयोगले पुष्टि गरेको बताए । नेपाली कांग्रेस कालिका गाउँ कमिटीका सभापति भानु ढकालले बहिनी रक्षाले टिफिन खर्च जोगाएर गरेको सहयोगले अनाथ तथा असाहृय वालवालिका लागि निकै महत्वपूर्ण हुने बताए ।  नेकपा एमाले कालिका गाउँ कमिटीका अध्यक्ष निर्मल सुनारले रक्षाको परिवार नै सहयोगी भावनाको भएकोले रक्षामा पनि सहयोगको भावना पलाएको बताए । रक्षाका हजुरवुवा दुर्गाप्रसाद पौडेलले नातिनीले आफ्नो मातृभूमिप्रति गरेको मायाले  आफूलाई निकै खुशी लागेको बताए । रक्षा विगत २ बर्षदेखि न्यूयोर्कको एक संस्थामा कार्य गर्दे आएकी छन् । उनले न्युयोर्कमा रहेका हाईस्कुलमा अध्यनरत विद्यार्थीका समस्याहरुलाई ल्याउने र संस्थामार्फत समधान गर्ने अभिकर्ताकारुपमा काम  गर्दे आएकी छन् ।  त्यसैगरी उनले न्यूयोर्कमा हुने गरेका मानवअधिकार हननलाई पनि समधान गर्ने विभिन्न  संघ–संस्था मार्फत पहल गर्दे आएकी छन । रक्षा न्यूयोर्कस्थित हाईस्कुलमा अध्ययन गर्दा टप टेन भित्र पर्दे आएकी छन् । हाल हाई स्कुल सम्पन्न गरी कलेज जाने तयारीमा रहेकी रक्षा पौडेल बिजनेस म्यानेजमेन्ट अध्यनका लागि कलेज छनौटको अन्तिम तयारीमा रहेकी छन् । हाल रक्षाले अमेरिकाको ३९औ टप कलेजमा नाम निकालेकी छन् भने उनी हाल भर्ना प्रक्रियामा रहेकी छन् । भविष्यमा पनि अझ बृहत रुपमा आफ्नो गाँउ तथा देशको लागी पनि अमेरिकामा बसेर लागि पर्ने योजना रहेको उनले बताइन।  यो शुरुवात मात्र भन्दै उनले भविष्यमा अन्य समाजिक कार्यमार्फत आफनो गाउँको सेवा गर्ने चाहना रहेको बताइन् ।

जनज्योती उच्च माविका प्रधानाध्यापक माधव पौडेल, उषा किरण प्राविकी  प्रधानाध्यापक डाल्लादेवी भुजेल लगायतले रक्षाको सयोगको प्रशंसा गरेका थिए ।  आठ वर्ष अघि अमेरिका गएकी रक्षाकी एक बहिनी दीक्षा पौडेल पनि छन् । उनी पनि दिदीको जस्तै आफू पनि समाजसेवा गर्ने चाहना रहेको बताउछिन् । छोरीहरुको समाजसेवाप्रतिको रुचिले आफूहरुलाई आत्मसन्तुष्टि मिलेको रक्षमा पिता विष्णु पौडेल तथा आमा कमला पौडेल बताउछन् । रक्षाका पिता विष्णुप्रसाद पौडेल हाल अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने नेपालय पाक्षिक पत्रिकाका प्रधान सम्पादक हुन् । पत्रकार पौडेलले पनि सामाजिक तथा सहयोगी भावनाका रहेका थिए । उनले आफ्नो पत्रकारिताको माध्यमवाट गरिब तथा असहृाय वालवालिकाको पीडालाई समाचारको माध्यमबाट प्रकाशित गर्ने गरेका छन् । उनले लेखेको समाचारको प्रभावले कालिका गाविसमा रहेका टुहुरा दलित असहृाय वालवालिकाले केही वर्ष अगाडि सहयोग पाएका थिए । रक्षाका हजुरवुवा दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश पौडेलले संचालन, तोयनाथ लामिछानेले स्वागत गरेका थिए । 







Post a Comment

 
Top