0
कास्कीको सबैभन्दा लामो सडक पोखरा–सिक्लेसको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैयाँ स्वीकृत भएको छ । करिब ४० किलोमिटर लामो उक्त सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सिक्लेसको सडकका लागि रकम स्वीकृत भएको हो । सिक्लेस युवा क्लबको आयोजनामा आयोजित सिक्लेस मेलामा क्लबको निमन्त्रणा र नेपाली कांग्रेस महासमिति सदस्य एवं मकाउ जनसम्पर्क समिति मकाउका उपसभापति लेखबहादुर गुरुङको समन्वयमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सिक्लेसमा निमन्त्रणा गरेको थियो । उक्त अवसरमा गाउँलेले सभापति देउवालाई पोखरादेखि सिक्लेस सम्मको सडकमा कालोपत्रे, सिक्लेस मनाङ ट्रेकिङ रुट र सिक्लेसलाइ पर्यटन गाउ घोषणाको लागि पहल गरिदिन आग्रह गरेका थिए  । गाउँलेका मागप्रति सकरात्मक भइ सभापति देउवाले तत्काल पोखरा–सिक्लेस सडकमा कालोपत्रे कार्य आवश्यक रहेको भन्दै आवश्यक कागजपत्र आफूलाई उपलब्ध गराउनु भनेपछि सडक उपभोक्ता समितिको नेतृत्व र समाजसेवी लेखबहादुर गुरुङको समन्वयमा सडक डिभिजन कार्यालय पोखरा, जिविस कास्की हुदै योजना आयोग भइ भौतिक मन्त्रालयले अर्थलाई रकम स्वीकृतका लागि प्रकिया अगाडि बढाएको थियो ।




















Post a Comment

 
Top