0
कृषि पेशालाई व्यवसायिक बनाउने उद्देश्यले लेखनाथमा भर्खरै मात्र स्थापना भएको बोना फाईड प्रालिले चल्ला उत्पादन सुरु गरेको छ । कुखुरापालक कृषकहरुले चल्लाका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै लेखनाथ नगरपालिका वडा नं. १ मा स्थापना भएको बोना फाईड प्रालिले गिरिराज चल्ला उत्पादन गर्न लागेको मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको होे । ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाको ९९ लाख ३६ हजार ७४० को अनुदान र संचालकहरुको दुई करोड ५५ लाख रुपैयाँ गरि कुल तीन करोड ५४ लाख ८५ हजारको संयुक्त लगानीमा निर्माण भएको कम्पनीले प्रति हप्ता एक हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखेको छ । कास्कीलाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले संचालन हुन लागेको योजनाले आगामी एक वर्ष भित्र सम्पूर्ण काम पुरा गरि उत्पादनको बृद्धि दर पनि वढाउँदै जाने लक्ष्य राखिएको प्रालिका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख डा. पुरुषोतम त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, नेपाली कांग्रेस लेखनाथ नगर सचिव धु्रवनाथ अधिकारी, नेकपा एमाले लेखनाथ नगर संयोजक शंकरनाथ पौडेल, ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाका प्रतिनिधि अर्जुन थापा,उप आयोजनाका व्यवस्थापक महेन्द्र पौडेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top