0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको हेमजा आलु महोत्सव सोमबारदेखि सुरु भएको छ । ‘सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा चल्नेछ । विष्णुपादुक युवा क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले गरे ।   महोत्सव उद्घाटन पूर्व हेम्जाको मिलनचोकबाट महोत्सव स्थलसम्म ¥याली प्रदर्शन गरिएको थियो । स्थानीय कृषकहरुले आलुसहितका तरकारीबाट बनेका विभिन्न माला, गहना र कपडाहरु लगाएर दर्शकलाई आकर्षित गरेका थिए । उक्त अवसरमा बोल्दै प्रजिअ मैनाली र युवा संघका अध्यक्ष राजीव पहारीले किसान व्यावसायिक रुपमै  कृषि पेशामा लाग्नुपर्नेमा जोड दिंदै कृषिको आधुनिकीकरणका लागि सरकारले किसानलाई विशेष राहतको प्याकेज ल्याउनुपर्ने बताए।  महोत्सवमा १२ वटा आलु स्टल, ६० व्यवसायिक स्टल, ३० कृषि प्रविधि प्रदर्शनी र १÷१ प्राथामिक उपचार र सूचना केन्द्रका गरि १०४ वटा स्टलहरु रहेका छन् । महोत्सव प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० दरका टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधित गरिएको छ । महोत्सवमा शान्ति सुरक्षालाई मध्येनजर गरि ड्रोन क्यामेरा जडान गरिएको छ । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ, कफी चियाको विक्री एवं प्रदर्शनी, रत्यौली गीत र कृषि कविता प्रतियोगिता लगायत छन् । महोत्सवमा सेती नदी ¥याफ्टिङ्, जीपलाईन फ्लायर र बन्जीजम्पको टिकट समेत उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए । महोत्सवमा आलुको मूल्य प्रतिकेजी ३२ रुपैयाँ राखिएको छ । महोत्सवमा करिब दुई करोड रुपैयाँ बराबरको आलुको कारोबार हुने अपेक्षा आयोजकको छ । आलुको गाउँकारुपमा परिचित हेम्जाका कृषक व्यवसायिकरुपमा तरकारी खेतीमा लागेका छन ।  हाल करिब ६५० हेक्टरमा आलुखेती गरिएको छ । हेम्जामामात्र करिब एक हजारभन्दा बढी कृषक आलु र तरकारी खेतीमा लागेका छन् ।








Post a Comment

 
Top