0
नेपाली काँग्रेसकी नेतृ एवं सांसद शारदा पौडेलले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो शक्ति बनाउनु पर्नेमा जोड दिएकी छन् ।  नेपाल टे«ड युनियन काँग्रेसको ७१औं स्थापना दिवस तथा १०७ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै नेतृ पौडेलले काँग्रेसलाई गाली नगरी चुनावी मैदानमा जान उम्मेद्वार र कार्यकर्तासंग अनुरोध समेत गरिन् । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्माले सामाजिक सुरक्षा कोषमा विशेष ध्यान दिन नेपाली काँग्रेसलाई अनुरोध गरे । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देलले कसैलाई गाली नगरी आफूले काम गरेर देखाउने समय आएको उल्लेख गरे । सिग्देलले आर्थिक क्रान्ति नै पार्टीको संरचना भएकोले जनताको सेवामा आजैबाट मन, वचन र कर्मले लाग्नु पर्नेमा जोड दिए । युनियनकी कास्की अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ कास्कीकी अध्यक्ष कोपीला रानाभाट, महिला संघकी क्षेत्रीय सभापति शारदा गिरी, युनियनका जिल्ला उपाध्यक्ष घनश्याम रेग्मी, सह–सचिव रुद्र तिमिल्सिना क्षेत्रीय समितिका पूर्व सचिव विपी पराजुली, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, ट्रेड युयिनन काँग्रेसका महाधिवेशन प्रतिनिधि शुभाष पौडेल, वित्तिय संस्था कर्मचारी संघका क्षेत्रीय अध्यक्ष रामकुमार श्रेष्ठ, कारखाना श्रमिक संघका टेकनाथ पन्थी लगायतले नेपालमा ट्रेड युनियनको  आवश्यकता र युनियनले मजदूरको हकहितका बारेमा बोल्दै  आगामी निर्वाचनमा कांग्रेसलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका थिए ।






Post a Comment

 
Top