0
गोल्डेन न्यूज संवाददाता
शितलनगर आमा समूहको पोखरा लेखनाथ महानगरपालिका १४ को  आयोजनामा बुधवारदेखि एक हप्ते वातावरणमैत्री झोला निर्माण गर्ने तालिम सुरु भएको छ । समुूमा भएका महिलाहरुलाई सिप सिकाउने उद्देश्यले आयोजना गरेको तालिमको अमरसिंह महिला समुहका अध्यक्ष तथा विद्याता हस्तकला प्रशिक्षण केन्द्रका प्रमुख सविता श्रेष्ठ रन्जितले उद्घाटन गर्दै तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्न तर्फ जोड दिइन । महिलाहरुले घरमै बसेर पनि हस्तकलाको माध्यामबाट विभिन्न सामाग्रीहरु निर्माण गर्न सक्ने भएकाले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा घरमै बसी–बसी आयआर्जन गर्न सकिने बताइन । शितलनगर टोल बिकास संस्थाका अध्यक्ष भरत कार्कीले शिपमूलक तालिमले संस्थामा रहेका महिला दिदी बहिनीलाई सीपमात्र प्रदान नगर्ने यसले आयआर्जनको नया बाटो समेत खोल्ने बताए । शितलनगर आमा समुहका अध्यक्ष शोभा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शितलनगर टोल विकास संस्थाका निवर्तमान अध्यक्ष वावुलाल बिक, सचिव सुशिल रेग्मी लगायतले तालिमको महत्व वारे प्रकाश पारेका थिए । समूहका सचिव प्रियंका शर्माले सञ्चालन गरेको कार्यक्रममा समूहका उपाध्यक्ष गंगा केसीले स्वागत गरेकी थिइन । सात दिनसम्म सञ्चालन हुने तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागीता रहेका छन्। विद्याता हस्तकला प्रशिक्षण केन्द्रका प्रमुख सविता श्रेष्ठ रन्जितले तालिमको सहजीकरण गर्नेछिन ।








Post a Comment

 
Top