0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा भैरवको २०१७–२०१८ को अध्यक्षमा विनोद द्वा निर्विरोध निर्वाचित भएका छन्। क्लवको प्रथम उपायक्षमा जगन्नाथ तिमिल्सिना, द्वितीय उपाध्यक्षमा श्रीकृष्ण कतिला, तृतीय उपाध्यक्षमा आनन्द किशोर बाटाजु, सचिवमा विक्रम उदास, कोषाध्यक्षमा रमेश बाटाजु, सह–सचिवमा राजुबहादुर कोइराला र सह–कोषाध्यक्षमा मानव गौचन निर्वाचित भएका छन् । नयाँ पदाधिकारी चयन गर्नका लागि क्लवका पूर्व अध्यक्ष बुद्ध बहादुर उदास ताम्राकार संयोजक र जोन चियरपर्सन एवं संस्थापक अध्यक्ष सुरेन्द्र विजुच्छे, डिष्ट्रिक्ट ३२५ बी १ का कल्चर कमिटी को–चियरपर्सन सम्मर बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति रहेको थियो ।  निर्वाचित पदाधिकारीहरुलाई निर्वाचनमण्डल र पूर्व अध्यक्षहरुले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जोन चियरपर्सन सुरेन्द्रमान विजुक्छे, कल्चर कमिटी को–चियरपर्सन सम्मर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, सञ्जय कुमार श्रेष्ठ लगायतले  असहय, गरिब र सहरमा भन्दा गाउँमा विशेष सहयोग गर्न नयाँ नेतृत्वलाई सुझाव दिएका थिए ।  क्लवको खेलकुद, अन्तर्राष्ट्रिय सम्पर्क, वातावरण, टेलट्वीष्टर, स्वास्थ्य शिक्षा, संस्कृति, अर्थ संकलन निर्देशक समेत चयन गरिएको छ ।  लायन्स क्लव अफ पोखरा भैरब २०१६÷०१७ का अध्यक्ष गौतम विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष हरिभक्त पौडेलले र संचालन सचिव श्रीकृष्ण कतिलाले गरेका थिए ।

Post a Comment

 
Top