0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीनारायण क्याम्पसको स्व.वि.यु. निर्वाचन समितिको कार्यालयमा गरिएको तालाबन्दीका कारण भोलिकोे स्व.वि.यु.निर्वाचन नहुने भएको छ ।निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको फागुन १४ गते राती अज्ञात समुहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी बिद्यार्थी परिचय पत्र चोरी गरेपछि त्यसको छानविनको माग गर्दै माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीर्ले  निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । निर्वाचन समितिमा लगाइएको ताला आज दिउँसो ४.३० बजेसम्म पनि खुल्न नसके पछि निर्वाचन समितिले समयको अभाव भएको भन्दै भोलि निर्वाचन गराउन नसकिने जानकारी क्याम्पस प्रशासनलाई गराएको छ । निर्वाचन समितिका संयोजक सिवी थापाले समितिको कार्यालयमा ताला लगाएकोले निर्वाचन सम्बन्धि अन्य कुनै काम अघि बढ्न नसकेका कारण भोलि निर्वाचन सम्भव नभएको जानकारी दिनुभयो । तालाबन्दीका कारण निर्वाचनका अन्य सबै प्रकृया अघि बढ्न नसकेको हो,” तालाबन्दी खुल्छकी भनेर दिउँसो ४.३० बजे सम्म पनि कुरेर बस्यौं, खुल्ने सम्भावना नदेखिए पछि प्रशासनलाई भोलि  निर्वाचन गराउन नसकिने आधिकारिक जानकारी गराएका हौं । ताला खुलाएर निर्वाचनको बाताबरण बनाउन प्रा.डा.दिल बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले पहल गरेपनि विवाद समाधान हुन नसक्दा भोलिको निर्वाचन प्रभावित बनेको हो ।

क्याम्पसमा आठ हजार भन्दा बढी विद्यार्थी रहेका छन् । पृथ्वीनारायण क्याम्पसमा भोलि निर्वाचन नहुने भए पनि पोखराका अन्य पाँच क्याम्पसमा भने विद्यार्थीले निर्वाचनमा भाग लिने भएका छन् । स्व.वि.यु. निर्वाचन हुने अन्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान र जनप्रिय क्याम्पस रहेका छन् भने नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत बिन्ध्यवासिनी संस्कृत विद्यापीठ रहेको छ । 


Post a Comment

 
Top