0
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पुर्ण राजनीतिक दललाई आव्हान गरेका छन् ।  सिंहदरबारस्थित कार्यालयबाट मंगलबार साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन् । सम्बोधन गर्दे उनले संविधान कार्यान्वयन र अहिले सम्म प्राप्त गरेका उपलब्धि रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको भन्दै सहभागी हुन असन्तुष्ठ पक्ष समेतलाई आव्हान गरेका हुन् । संविधान कार्यान्वयनका चुनौति संगै समय घर्कतै जादा उत्पन्न हुने परिस्थिति संग असन्तुष्ठ पक्षहरु पनि जानकार नै रहेको भन्दै उनाले सरकार निर्वाचन संग संगै संविधान संशोधन पनि गरेर राष्टिय एकता कायम गर्न दृढतापुर्वक लागेको स्पष्ट पारे । निर्वाचन चुनौतिरहित नरहेको भन्दै उनले त्यसका बाबजुत सरकार निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए ।  उनले निर्वाचन हुन नदिई मुलुकमा अस्थिरता चाहने विखण्डनकारी खर्पका हरेक फणा कुल्चने भन्दै हर प्रकारका सुरक्षामा सरकार गम्भीर रहेको बताए । उनले निर्वाचनमान एक एक मतको सुरक्षा गरिने आश्वासन समेत दिए । संशोधनप्रति आफू अहिले पनि प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ ।’ मधेस केन्द्रित दलहरुलाई पनि आवेग होइन, विवेक र राष्टूप्रति जिम्मेवारी देखाउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । ‘मधेसी जनताको विकास र मधेसी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेसी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेसी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ,’ उनले भनेका छन् । प्रधानमन्त्री प्रचण्डले अहिले पनि संघीयता, गणतन्त्र जस्ता उपलब्धि उल्टाउने खेल भइरहेको बताए । केहीले जनताको आवेगलाई भड्काएर देशलाई नै विखण्डन गर्ने सपना देखेको भन्दै उनले भने, ‘म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन । संविधान संशोधन प्रक्रियालाई प्रमुख प्राथमिकतामा राखेको भए पनि एउटा राजनीतिक दलको हठका कारण त्यसलाई अगाडि बढाउन असहज भएको भए पनि सरकार सबै प्रकारको गतिरोधको अन्त्य गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो ।



Post a Comment

 
Top