0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसको आयोजनामा आइतबारदेखि तीन दिनसम्म पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । समाज, व्यवसाय र सुशासन व्यवस्थापनका उदीयमान प्रतिमान शीर्षकमा केन्द्रित सम्मेलनको पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा चीरञ्जीवीप्रसाद शर्माले उद्घाटन गरेका थिए ।  कार्यक्रममा उपकुलपति शर्माले सम्मेलनमा प्रस्तुत गरिने विज्ञ एवम् अनुसन्धाताका महत्वपूर्ण कार्यपत्रले वाणिज्य एवम् व्यवस्थापनसम्बन्धी विषयको जारी अध्ययन तथा अनुसन्धानको दायरालाई अझै फराकिलो बनाउने विश्वास व्यक्त गरे । विश्वविद्यालय अनुसन्धान आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीले वाणिज्य एवम् व्यवस्थापन विषयमा भइरहेका नवीनतम् अध्ययन अनुसन्धानका विषयमा हुने यो सम्मेलनले यस क्षेत्रको समयानुकूल विकासमा योगदान पुग्ने बताए । जापानको निहोन विश्वविद्यालयका प्रा कात्सुहिको हिरासावा पोखरा विश्वविद्यालयका रजिस्टार डा गोविन्दप्रसाद शर्मा, विश्वविद्यालयका डीन कर्णवीर पौडेललगायतले सम्मेलनमा विभिन्न विद्धानका विशिष्ट अनुभव एकआपसमा छलफल हुने र त्यसले नयाँ अध्ययन अनुसन्धानका विषयलाई उजागर गर्ने उल्लेख गरे । तीनदिने सम्मेलनका क्रममा नेपालका विभिन्न विश्वविद्यालयका साथै भारत, जापान, इन्डोनेसिया, दक्षिण अफ्रिका, थाइल्यान्ड र नेदरल्याण्डका वरिष्ठ प्राध्यापक, शोधकर्ता, सामाजिक अभियन्ता साथै उद्योग वाणिज्य क्षेत्रका अगुवाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा प्रस्तुत कार्यपत्रमाथि विभिन्न समूहमा छुट्टाछुट्टै छलफल चलाएर निष्कर्षमा पुगिने कार्यक्रम संयोजक डा दीपकबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अनुसन्धानमा आधारित ज्ञानको सञ्चार गर्ने, वाणिज्य र व्यवस्थापन सम्बन्धित मामलाको अध्ययनलाई रचनात्मक प्रयोगसम्म पु¥याउने र नैतिक मूल्यमा आधारित व्यापार क्षेत्र विस्तारमा सहयोग पु¥याउन उद्देश्य राखिएको छ । विभिन्न ७८ वटा कार्यपत्र प्रस्तुत गरिने र छरिएर रहेका ज्ञानलाई एकीकृत गरी छलफलमार्फत परिस्कार गर्दै पुनः व्यवसायी, विद्यार्थी र समाजसम्म पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।







Post a Comment

 
Top