0
गोल्डेन न्यूज संवाददाता
हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला–२०७३ आइतबारदेखि  पोखरामा सुरु भएको छ । कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडांैको संयुक्त आयोजनामा मेला शुरु भएको हो ।  मेलाको उद्घाटन गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखरामा पहिलो पटक दुई वटा संस्था मिलेर मेला आयोजना गरिएको देखेर आफूलाई खुशी लागेको बताए । मेला काठमाडौँमा जस्तो भएपनि पोखरामा मेला पोखरा जस्तै राम्रो हुने उनले बताए। हामीले स्वेदेशी सामान प्रयोग गर्ने अवस्था सृजना गर्ने गर्नुका साथै स्वेदेशी उद्योगको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो। उनले बाहिरको प्रतिस्पर्धामा हाम्रो सानो उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले पहिला हाम्रो देशभित्रै यसको संरक्षण गरेर बाहिर पु¥याउने वातावरण बनाउनेपर्ने खाचो औंल्याए । क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले नेपालको कला र संस्कृतिको झल्को झल्काउने काम हस्तकला उद्योगले गरेको भन्दै नेपालबाट विदेशमा निर्यात गर्न मिल्ने छाला र अल्लोका सामानहरुको प्रवद्र्धन गर्नुपर्ने मा जोड दिइन । उद्यमीहरुले नेपाल सरकारले दिएको सुबिधा लिनका लागि उद्योग दर्ता गरेरै संचालन गर्नुपर्नेमा जोड दिंदै उनले  उद्यमीहरु एक भएर काम गरेमा काम राम्रो र सजिलो हुने बताइनछ ।  कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले नेपाली जुत्ता पनि विदेशी जुत्ता भन्दा कम नरहेको भन्दै सबै नेपालीहरुले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने बताइन । आर्थिक सवृद्धि आजको आवश्यकता भएको भन्दै उनले मेलाले उद्यमशिलतामा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गरिन ।  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले नेपालमा उत्पादन हुन सक्ने वस्तु ध्यान दिएर उत्पादन गर्नतर्फ लाग्न सकेमा आर्थिक समृद्धि हुने बताबताए । नेपालमा जस्तो जुत्ता उत्पादन नहुने मुलुकमा यहाँको जुत्ताको पहुँच पु¥याउनका लागि सरकार लाग्नुपर्नेमा जोड दिए ।  पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविनसन प्रजुले मेला जस्ता रचानात्मक कार्यले व्यवसायको वुद्धि गर्न काम गर्ने बताबताए । 

नेपाल हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले नेपाली ब्रान्डका जुत्तालाई अन्तराष्ट्रिय बजारसम्म प्रर्बद्धन गर्दै आएको भन्दै नेपालका अन्य जिल्लामा आफ्ना ब्रान्डका शोरुम विस्तार गर्ने योजनामा रहेको बताए । हास्य कलाकार दिपक राज गिरीले सबैले स्वदेशी उत्पादनलाई महत्व दिए देश विकासमा राम्रो उपलव्धि मिल्ने बताए । कार्यक्रममा एफ म्यानका वरिष्ठ उपाध्यक्ष कृष्ण फुयाल, नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाइँ,  नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष बिमला भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । फागुन २९ गतेसम्म चल्ने मेलामा उपभोक्ताले गुणस्तरीय र आर्कषक डिजाइनका जुत्ताहरु १५ देखि ७० प्रतिशतसम्म छुटमा खरिद गर्न पाउने बताइन्छ । मेलामा १५० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध हुने आयोजकले जनाएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बि.एफ.डियरहिल सुज, स्काइ सुज, कोशेली छालाजुत्ता, सफ्ट टच फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टम टेलर सुज लगायत ब्राण्डका जुत्ताहरु खरिद गर्न सकिने छ । मेलामा हस्तकलाका २५ र छाला जुत्ताका ५३ स्टल रहेका छन् ।

Post a Comment

 
Top