0
गोल्डेन न्यूज संवाददाता
पोखरामा हालै सम्पन्न भएको आहारारा गोल्डकपको अवसरमा सहारा एकेडेमी अक्षयकोषमा २४ लाख ३६ हजार ४ सय ३८ रुपैयाँ संकलन भएको छ । सहारा युकेबाट ५ लाख २५ हजार, पोखरा ११ चापापानीका टिकाबहादुर कार्की एवं परिवारबाट ३ लाख एक हजार, द मुग्लान फाउण्डेशन अष्ट्रेलिया (राजमान थकाली सहारा अष्ट्रेलिया अध्यक्ष) बाट ३ लाख ५० हजार रुपैयाँ उक्त कोषमा आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
त्यसैगरी पोखरा बुद्धचोक निवासी सुनिल गुरुङबाट एक लाख १ हजार १ सय १५, एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङबाट एक लाख, वेलायतकै कृष्ण गुरुङबाट ५० हजार ८ सय, स्याङ्जा दरौ हाल पोखरा निवासी मेजर लक्ष्मी प्रसाद गुरुङबाट एक लाख १ हजार १ सय ११, तमु धिँ नेपालका अध्यक्ष कर्म गुरुङले एक लाख १ सय ११, वेलायतका थमन कुमार श्रेष्ठले ५० हजार ३ सय, वेलायतकै कुसाङ÷ पन्च गुरुङबाट ५१ हजार, पोखरा चापापानी हाल वेलायत रहेका लालकाजी÷रिमा गुरुङले ५० हजार, तनहुँ खैरेनीटार हाल अष्ट्रेलिया सिड्नीका राम श्रेष्ठबाट ५१ हजार, पोखरा रामबजार हाल अमेरिका बस्दै आएका भीमसेन श्रेष्ठबाट ५० हजार रुपैयाँ, पोखरा हाल वेलायत रहेका सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङबाट ५० हजार, वेलायतमा रहेका हरि कुमार श्रेष्ठ, वाल कृष्ण गुरुङ, ग्याम बहादुर गुरुङ, पोखरा नयाँगाँउ हाल वेलायतबाट महेश÷रिता गुरुङ, वेलायतका मिन प्रसाद ÷पेमा गुरुङ, रविन्द्र गुरुङ, वेलायतका ज्ञानकाजी गुरुङ, वेलायतकै भोज गुरुङ, खेम गुरुङले जनहि ५०÷५० हजार आर्थिक सहयोग गरेका हुन् ।
त्यस्तैगरी कास्की समाज जापानबाट पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार, पोखरा बुद्धचोकका हरिशकुमार गुरुङले २५ हजार एक, पोखरा ९ बसपार्क हाल दुवईमा रहेका अर्जुन कुमार गुरुङले १० हजार, पोखरा बसपार्कका विशाङ्क रानाबाट १० हजार, पोखरा घारिपाटन हाल कोरिया निवासी खोमबहादुर गुरुङबाट १० हजार सहयोग प्राप्त भएको छ ।
सहारा एकेडेमीमा चेन्जिङ रुम निर्माण गर्न समाजसेवी एवं कानुन व्यवसायी हाल हङकङ निवासी देव गुरुङले २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
सहारा एकेडेमीको अक्षय कोषमा हालसम्म करिब एक करोड २५ लाख पुगेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए । क्लबद्वारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरु लाई निःशुल्क शिक्षा दीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराइदैछ ।

Post a Comment

 
Top