0


पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४५औं वार्षिकोत्सवका अवसरमा घाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । घाचोक–६ स्थित मेघराज आधारभूत विद्यालयमा निःशुल्क शिविर सञ्चालन गरेहो हो । शिविरमा ३ सय भन्दा बढिले स्वास्थ्य उपचार गरेका छन् । समितिले स्वास्थ्य शिविर, रक्तदान, सरसफाई लगायतका विविध सामाजिक कार्य गर्ने भएको हो । माघ १९ गते स्याङजाको वालिङ, माघ २० गते लमजुङको बेशीसहर र माघ २१ गते पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको समितिले जनाएको छ । माघ २३ गते विहान पोखराको जिरो किलोमिटरदेखि पृथ्वीचोक बसपार्क सम्मको सडक सरसफाई कार्यक्रम तय गरिएको केसीले बताए। सोहि दिन बाच्छेबुडुवा स्थित बृद्धाश्रममा आश्रित बृद्ध–बृद्धालाई बिहानको एक छाक खाना खुवाउने कार्यक्रम छ ।  यातायात क्षेत्रकै जेठो संस्था पृथ्बी राजमार्ग बस सञ्चालक समितिले साढे चार दशकको यात्रामा अहिले देशका विभिन्न स्थानमा झण्डै १२ सय गाडी सञ्चालन गरिरहेको छ । सो समिति अन्तर्गत हाल एशियाकै उत्कृष्ट बस समेत दिवा र रात्री सेवामा सञ्चालित छन् । समिति अन्तर्गत हाल बस सोस्टेज सहित, मिनिवार र शौचालयको सुविधायुक्त बस, रात्री समयमा शौचालय र सिल्पर सहितका बस समेत सञ्चालन गरिरहेको छ। वार्षिकोत्सबको अवसरमा समितिका अध्यक्ष ऐन कुमार साईले यात्रुलाई दिने सेवा अझ गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

Post a Comment

 
Top