0
गोल्डेन न्यूज संवाददाता
भारतको प्रसिद्घ कम्पनी फोर्स मोटर्सका यात्रुबाहक बस पोखराका सडकमा गुड्ने भएका छन् । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. पोखराले ग्राहक भेटघाटका अवसरमा फोर्सका यात्रुबाहक बसका ग्राहकलाई चावी हस्तान्तरण गरिसकेको छ । पोखरामा पहिलो पटक व्यावसायिक प्रयोजनका लागि भित्र्याइएको फोर्स मोटर्सको ट्राभलर १३ सिटे बसका पहिलो गोविन्द रानाभाट र भुवन पौडेल बनेका छन् । उनीहरुलाई आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापा तथा फोर्स मोटर्स प्रालि इण्डियाका सहायक बजार प्रबन्धक सुनिल संकले चावी हस्तान्तरण गरेका हुन् ।
त्यस्तै भिमाद आराम यातायातका लागि पनि १० वटा बस बुकिङ भएको आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । पोखरामा ट्याक्सी ब्यवसायी अन्तर्गत उक्त बसहरु गुड्ने छन् । फोर्स मोटर्सका बसहरु नेपाली बाटो सुहाउँदो भएकाले धेरै बिक्री हुने आयाम इन्टरकन्टिनेन्टल का प्रबन्ध निर्देशक राजन लम्सालले बताए । कम्पनी सहायक बजार प्रबन्धक सुनिल संकले फोर्स मोटर्सको प्लान्टका बारेमा प्रकाश पारेका थिए। आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम अटोटेकका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा लगायतको उपस्थिति थियो। आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. फोर्स मोटर्सको साना हलुका सवारीसाधन को आधिकारिक आयत तथा बिक्री कर्ता हो । यसका साथै प्राइम अटो टेक प्रा.लि. काठमाडौंले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौलागिरीका लागि आधिकारिक बिक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले सबैभन्दा बढी १४ सिट क्षमता भएको क्रुजर लगायत गामा जिप, कार्गो किङ पिकअप, ट्रम्प फोर्टी डेलिभरी भ्यान जस्ता गाडीहरु बिक्री वितरण गदै आइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.को मुख्य कार्यालय गैरीधारा काठमाडौं र शाखा कार्यालय बुद्घचोक पोखरामा छ । यसका सब डिलरहरु, सिद्घार्थ अटो टे«डिङ झापा, के.आर. अटोमोबाइल्स बिराटनगर, मास ग्लोबल मोट्र्स राजविराज, सिद्घान्त अटोमोबाइल्स जनकपुर, रियान मोर्टस चितवन छन् । फोर्स मोटर्सको सहयोगमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ वि वानले पोखरा, बाग्लुङ तथा काठमाडौंमा सेवा प्रदान गर्ने गरी ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो ।



Post a Comment

 
Top