0
गोल्डेन न्यूज संवाददाता
सातौं राष्ट्रिय खेलकुदमा भलिवलमा स्वर्ण जितेको त्रिभूवन आर्मी क्लव पोखरामा शनिबारदेखी शुरु भएको श्रृजना अन्र्तराष्ट्रिय भलिवल प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई सोझो सेटमा हराउँदै आर्मी क्लवले पहिलो जित निकालेको हो । आर्मी क्लवले एपिएफलाई २५–१९, २९–२७ र २५–२१ को सेटमा पराजित ग¥यो ।  यसअघि संसदको विकास समितिका सभापति तथा सांसद रविन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा खेलकुद र खेल पर्यटन दुबैको राजधानी भएको बताए । उनले यस प्रतियोगिताले खेलकुदको विकास सँगसँगै खेल पर्यटनमा पनि सघाउने विश्वास व्यक्त गरे । साथै उनले अबको केही महिना भित्रै पोखरा रंगशालाको मुहार फेरीने दाबी गर्दै त्यसपछि पोखरा साँच्चिकै खेलकुद र खेल पर्यटनको राजधानी हुने उद्घोष गरे ।  फरक प्रसङ्गमा उनले खेलकुदमा हुने स्वस्थ प्रतिष्पर्धाले राजनीतिलाई पनि स्वस्थ प्रतिष्पर्धा गर्न सिकाउने बताए । पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुनेछन् । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको दोश्रो दिन आइतबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महिला तर्फ सशस्त्र प्रहरी वलको एपिएफ क्लव र त्रिभूवन आर्मी क्लव प्रतिष्पर्धामा उत्रिनेछन् । दोश्रो खेलमा पुरुष तर्फ नेपाल प्रहरी र भारतको उत्तर प्रदेश भलिवल क्लव आमने–सामने हुनेछन् ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ६÷६ टीम सहभागि छन् । प्रतियोगितामा विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, भारतको उत्तर प्रदेश भलिवल संघ र आयोजक पश्चिमाञ्चल भलिवल संघले महिला पुरुष दुबैमा सहभागिता जनाउँदैछन् भने न्यू डायमन्ड एकेडेमीले महिलातर्फ र हेल्प नेपाल स्पोर्टस् क्लवले पुरुषतर्फ मात्र सहभागिता जनाउने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले महिला÷पुरुष दुबैतर्फ १ लाख ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ७७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । त्यस्तै, सर्बोत्कृष्ट खेलाडीलाई १० हजार तथा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्षेत्रीय भलिवल संघका सचिव डिबी नेपालीले जानकारी दिए । प्रतियोगिताको लिग चरणका खेलहरु हेर्नका लागि १ सय, सेमीफाइनलका खेलहरु १ सय ५० र फाइनल खेल हेर्नका लागि २ सयको टिकट ब्यबस्था गरिएको उनले बताए ।




Post a Comment

 
Top