0
गोल्डेन न्यूज संवाददाता
पोखरा ६ फागुन ।
पोखराको रत्नचोक, सिमलचौरस्थित ला-ग्राण्डी इन्टरनेशनल कलेजले २०१६ मा दीक्षित हुने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बिदाई गरेको छ । कलेजमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी र कलेज प्रशासनको संयुक्त आयोजनामा विदाई हुने विद्यार्थीहरुमा बिसिए, बीबीए र बीपीएच संकायका छन् ।
कलेजका प्रिन्सिपल ई.किरण केसीले बिदाई हुने विद्यार्थीहरुलाई दृढ आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए। उनले अथक मेहनत र लगनशील भए हरेक कदममा सफलता प्राप्त हुने भन्दै प्रिन्सिपल केसीले आफ्नो जीवन सार्थक बनाउन पनि अग्रसर बन्नुपर्नेमा जोड दिए ।
 कार्यक्रममा कलेजका विभागीय प्रमुखहरु सुरज गौडेल, मनिषा चालिसे, कलेजका एकेडेमिक कोअर्डिनेटर प्रदीप कुमार लम्साल, विद्यार्थीहरु न्वाङ छोदेन, यामबहादुर पौडेल, नुरबहादुर गुरुङ, महिमा पुन लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा आयोजकका तर्फबाट सांस्कृतिक कार्यक्रम, नृत्य र गीत प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा पोखरा विश्वविद्यालयको डिन्स लिष्टमा पर्न सफल महिमा पुन, पार्वती अधिकारी र यामबहादुर पौडेललाई सम्मान एवं उत्कृष्ट विद्यार्थी महिमा पुनलाई ला–ग्राण्डी एक्सिलेन्स अवार्ड समेत प्रदान गरिएको प्रिन्सिपल केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सन् २००० मा स्थापित कलेजमा बिसिए, बीबीए र बीपीएच गरि स्नातक तहमा ३ संकायको पढाइ हुने गर्दछ । 

Post a Comment

 
Top