0
गोल्डेन न्यूज संवाददाता
पोखरा ४ फागुन ।
नयाँशक्ति नेपाल निकट व्यवसायीहरूको साझा संस्था राष्ट्रिय उद्योग वाणिज्य महासंघले विभिन्न जिल्लामा शाखा विस्तार गरेको छ । यसैक्रममा ४ नम्बर प्रदेशको जिल्ला भेला फागुन १ मा लमजुङमा र फागुन २ मा गोर्खामा सम्पन्न भएको प्रदेश नं.४ का संयोजक हरिराज पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिनुभयो । यी दुवै कार्यक्रमको प्रमुख अतिथि भानुभक्त अधिकारी हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हरिराज पन्त र  अतिथि गिरधारी शर्मा हुनुहुन्थ्यो ।
नवगठित गोर्खाको संयोजकमा  सन्देश मास्के हुनुहुन्छ भने सदस्यहरूमा गोपाल गुरुङ, खड्ग नारायण श्रेष्ठ, ओम बहादुर श्रेष्ठ, टेक बहादुर गुरुङ, शान्ति अर्याल, बीस बहादुर गुरुङ, शंकर परियार, अमृत गुरुङ, बाशु भट्ट, गणेश गुरुङ, नरेश बराम,राजाराम बस्नेत, खड्ग बहादुर कुमाल, मैया दाहाल रहेका छन् ।
यसैगरी लमजुङमा विस्तार भएको सङ्गठनमा संयोजक डोल राज बिष्ट हुनुहुन्छ । अन्य सदस्यहरुमा जयराम पाण्डे, सरोज दनाइ, भिम माया तामाङ, बिरबल मिजार, कुमराज मजाकोटि, पुर्ण बहादुर तामाङ, बेल बहादुर सुनार, सरोज दराइ, बुद्धिमान तामाङ र रेल कुमारी गुरुङ छन् ।
प्रदेश संयोजकका अनुसार पन्तका अनुसार अहिले ४ नम्बर क्षेत्रमा नयाँ शक्ति नेपालको सङ्गठन विस्तारको काम तीव्र रूपमा अघि बढेको छ । छिट्टै म्याग्दी र पर्वतमा पनि सङ्गठन विस्तार हुने संयोजक पन्तले जानकारी दिए ।
‘अबको निकास आर्थिक विकार र परिवर्तन सम्भव छ हाम्रै पालामा’ भन्ने नारा लिएर अघि बढेको नयाँ शक्ति नेपालका केन्द्रीय अध्यक्ष भने डा. बाबुराम भट्टराइ हुनुहुन्छ।

Post a Comment

 
Top