0
गत मंसिर १४ गते सरकारले व्यवस्थापिका संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरेदेखि लगातार १ महिनासम्म संसद बैठक स्थगित भएको छ । गएको मंसिर १६ गतेदेखि पुस १७ गतेसम्म दशौंपटक संसद बैठक स्थगित भएको हो । सोमबार ४ बजेका लागि तय भएर पनि बैठक नै नबसी स्थगित भएको हो । संशोधन प्रस्ताव दर्ता भएको पर्सिंपल्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्न थालेको हो । त्यसयता लगातार रुपमा एमालेले संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । सोमबारको संसद बैठकमा प्रतिपक्षको अवरोधलाई चिर्दै भएपनि संसद चलाउने मनस्थितिमा रहेकी सभामुख घर्तीले दिउसो १ बजे संसद बैठक अवरोध भएपछि दिँउसो ४ बजेका लागि अर्को बैठक राखेकी थिइन् । ४ बजेको बैठक पनि अबरुद्ध हुनेभएपछि सभामुख घर्तीले मंगलबार बिहान ११ बजे प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुलाई छलफलका लागि बोलाएकी छिन् । एक महिनाको बिचमा संसद बैठक अवरुद्ध हुँदा उनले दुई÷चार दिनको फरकमा संसद बैठक डाक्ने गरेपनि सोमबार भने १ बजेको बैठक स्थगित भएपछि दिँउसो ४ बजेका लागि डाकेकी थिइन् । तर ३ बजे सुचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । संसद बैठक अवरुद्ध हुँदै आएयता सोमबार उनले पहिलो पटक एकै दिन दोश्रो बैठक आह्वान गरेकी थिइन् । यसबीचमा संसदको अवरोध खुलाउनका लागि पटक पटक राजनीतिक दलबीच छलफल भयो तर ती निरर्थक मात्र बने ।

Post a Comment

 
Top